
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हैजा पुष्टि हुनेमा १२ पुरुष र पाँच महिला छन् । हाल पाँच जनाको उपचार भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
असार २ गते पहिलोपटक बागबजारमा बसोवास गर्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
४

