
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हैजा पुष्टि हुनेमा १२ पुरुष र पाँच महिला छन् । हाल पाँच जनाको उपचार भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
असार २ गते पहिलोपटक बागबजारमा बसोवास गर्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


