
दिमागको रगतको नसामा हुने बेलुनजस्तो फकुन्डोलाई एन्युरिजम भनिन्छ । वास्तवमा एन्युरिजम दिमागको सबैभन्दा जटिल समस्यामध्येको एक हो । दक्षिण एशियाली मुलुकहरुमा धेरैलाई ब्रेन एन्युरिजम हुने गरेको पाइन्छ ।
डेमोग्राफिक अध्ययन गर्दा अमेरिकन मुलुकको तुलनामा एसियन मुलुकहरुमा एन्युरिजम धेरै देखिने गरेको पाइएपनि के कारण हो भन्ने एकिन हुन सकेको छैन ।
एन्युरिजम कसरी हुन्छ ?
उच्च रक्तचाप भएकाहरुमा एन्युरिजमको जोखिम हुनसक्छ । चुरोट सेवनले मांशपेसीका साथै रक्तनलीहरुलाई कमजोर बनाउँछ । यसबाट पनि एन्युरिजमको विकास शुरु हुन्छ ।
कतिपय बिरामीमा वंशाणुगत कारण पनि हुनसक्छन् । एन्युरिजम महिलाहरुमा बढी हुने गरेको तथ्याङ्कहरुले देखाउँछन् ।
जोखिम वर्ग
उच्चरक्तचापसम्बन्धि दीर्घरोगी, धुम्रपान गर्ने व्यक्ति, वंशाणुगत कारण भएकाहरु एन्युरिजमको जोखिम वर्गमा पर्दछन् ।
नियमित चेक जाँचमा एन्युरिजम पहिचान हुन्छ ?
एन्युरिजम फुटेको र नफुटेको दुवै प्रकारका हुनसक्छन् । नफुटेको एन्युरिजममध्ये थोरैले मात्र लक्षण देखाउँछ । सिटी स्क्यान वा एमआरआई गरेर नसाको फकुन्डोजस्तो देखिएमा त्यो नफुट्दै पत्ता लगाउन सकिन्छ ।
कतिपय बिरामी एन्युरिजम फुटेपछि आउने गरेका छन् । एन्युरिजम फुटेपछि ज्यानको जोखिम निकै बढेर जान्छ । नफुट्दै पहिचान गरी समयमा उपचार गर्न सके ज्यान जोगाउन सकिन्छ ।

एन्युरिजमको उपचार
एन्युरिजम फुटेका १० प्रतिशत बिरामी अस्पताल आउन नपाई ज्यान गुमाउन पुग्छन् । अस्पताल पुगेका बिरामीलाई पहिलो हप्तासम्म अत्यधिक खतरा हुन्छ । एन्युरिजमलाई समयमा शल्यक्रियामार्फत उपचार गरिएमा फेरि फुट्ने जोखिमबाट बचाउन सकिन्छ ।
तर सर्जिकल उपचार भएका ३० देखि ४० प्रतिशत व्यक्तिको विभिन्न कम्प्लिकेसनले ज्यान जाने खतरा रहन्छ । त्यसैले एन्युरिजम फुटेर उपचारका लागि आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको ज्यान बचाउन सम्भव हुन्छ ।
एन्युरिजमको जटिल पक्ष
एन्युरिजम दिमागको सबैभन्दा जटिल समस्या हो । ज्यानको जोखिम गराउने एन्युरिजम फुट्दा रक्तचाप भई दिमागको सुजन गराउँछ । दिमागमा बगेको रगतले नशाहरुलाई खुम्च्याएर पक्षघातसम्म गराउन सक्छ । यस रोगले शरीरमा नुनपानीकोसमेत गडबड गरी मिर्गीसमेत गराउनसक्छ ।
उपचारका प्रविधिहरु के के छन् ?
टाउको खोलेर (सर्जरी) र नखोलीकन (इन्डोभास्कुलर) एन्युरिजमको उपचार पद्धति हुन् । टाउको खोलेर क्लिप राख्ने एन्युरिजमको एक उपचार विधि हो भने हात वा गोडाको नसाबाट क्याथेटर छिराएर इन्डोभास्कुलर प्रविधिबाट क्वाइलिङ गर्ने अर्को विधि हो ।
नेपालमा पहिलोपटक यस अस्पतालमा भित्र्याइएको वाइप्लेन क्याथल्यावबाट इन्डोभास्कुलर प्रविधिअन्तर्गत धेरै बिरामीको एन्युरिजम कोइलिङ भइसकेको छ । साथै दिमागको शल्यक्रिया गरी क्लिपिङ पद्धतिबाट निरन्तर सेवा दिँदै आइरहेको सर्वविधितै छ ।
यो विधि कतिको सुरक्षित मानिन्छ ?
सर्जरी र इन्डोभास्कुलर दुवै विधि सुरक्षित भएको विश्वका धेरै अध्ययनहरुले देखाएका छन् । दुवैको क्षमता राम्रो छ । दुवैको इपिकेसी तुलनात्मक रुपमा राम्रो मानिन्छ । हाम्रो अनुभवमा पनि यो तथ्य तुलनात्मक छन् ।
रोकथाम
वंशाणुगत एन्युजिम भएका व्यक्तिहरुले आफ्नो रक्तचापलाई सही सन्तुलनमा राख्ने, चुरोट र रक्सीको सेवन नगर्ने र नियमित स्वास्थ्य परीक्षण गरी एन्युरिजम फुट्न अघि पत्ता लगाउन सकेमा ज्यान जाने जोखिमबाट बचाउन सकिन्छ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
