नेपाल हेल्थ न्युज, दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार्ने उद्देश्यले हालै १२ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्य प्रशासकलाई नयाँ जिम्मेवारी दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा बुधबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो।
स्वास्थ्य प्रशासनमा रोशन लाल चौधरीलाई स्वास्थ्य निर्देशनालय, देउखुरीको प्रमुख जनस्वास्थ्य प्रशासकको जिम्मेवारी दिइएको छ भने डा. राजेन्द्र कुमार गिरी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक बनेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा सात जना विशेषज्ञ चिकित्सकले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन्। यसमा डा. अनुप थापालाई अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजी विभागको प्रमुख कन्सल्टेन्ट, डा. भुवन पौडेललाई सर्जरी विभागको प्रमुख कन्सल्टेन्ट, डा. सुरेन्द्र कुँवरलाई एनेस्थेसियोलोजी विभागको प्रमुख कन्सल्टेन्ट, डा. पुष्पराज जोशीलाई जनरल फिजिसियनको प्रमुख कन्सल्टेन्ट, डा. कृष्ण हरि सुवेदीलाई पेडियाट्रिक्स विभागको प्रमुख कन्सल्टेन्ट, डा. प्रभात पोख्रेललाई डर्माटोलोजी विभागको प्रमुख कन्सल्टेन्ट र डा. गोपाल प्रसाद ज्ञवालीलाई अर्थोपेडिक सर्जरी विभागको प्रमुख कन्सल्टेन्टको रूपमा नियुक्त गरिएको छ।
यसैगरी, अन्य जिल्लाका अस्पतालहरूमा पनि विशेषज्ञ चिकित्सक खटाइएका छन्। डा. मोहम्मद नुरुल होदा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा, डा. पदमराज अधिकारी गुल्मी जिल्ला अस्पतालमा र डा. शकुन्तला कुमारी रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टको रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
