
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वेलनेस केयर नेपालका लागि नयाँ अवधारणा हो । यो प्रवद्र्धनात्मक स्वास्थ्य परीक्षण तथा समयमै रोग निदानका लागि समर्पित विधा हो । यस विधामा आवश्यकता अनुसार विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरु पर्दछन् । पछिल्लो समय सुगर, प्रेसर, थाइराइड, मोटोपना जस्ता नसर्ने रोगहरु बढ्दो क्रममा छन् ।
कतिपय रोगहरु प्रत्यक्ष रुपमा वंशाणुगत र जीवनशैलीसँग सम्बन्धित हुन्छन् । यसको रोकथामका लागि प्रारम्भिक उपचार र जीवनशैली सुधार गर्न आवश्यक पर्छ । त्यसैले समयमा नै तपाईंले आफ्नो स्वास्थ्य परीक्षण र स्वास्थ्य परीक्षण मूल्याङ्कन गर्न जरुरी हुन्छ ।
वेलनेस केयरको महत्व
प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षण गरेमा निकट भविष्यमा हुनसक्ने सम्भावित जोखिमबाट बच्न सकिन्छ । केही समस्या थाहा नभएका बिरामीको प्रारम्भिक स्वास्थ्य जाँचबाट निकट भविष्यमा हुनसक्ने समस्याहरु पहिचान गर्न सकिन्छ । प्रिभेन्टिभ केयर एक नियमित स्वास्थ्य सेवा हो । रोग पहिचान भइसकेका विरामीहरुले नियमित स्वास्थ्य जाँच र फलोअपमा बस्नुपर्छ । यसले बिरामीको उपचार राम्रो हुनुकासाथै स्वास्थ्य अवस्था ट्रयाक गर्न सहज हुन्छ र प्रारम्भिक चरणमै सम्भावित जटिलताहरु पहिचान गर्न सकिन्छ ।
जोखिम कारक
बृद्धबृद्धाको तुलनामा वयस्क उमेर समुहले केही कम जाँच गर्नुपर्ने हुनसक्छ । हृदयघात, पक्षघात जस्ता पारिवारीक इतिहास बोकेका सदस्यहरुले प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसैगरी मोटोपना भएकाले पनि समयमै स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ ।
जनरल प्राक्टिसनर वा फ्यामिली फिजिसियनले बिरामीको पारिवारिक इतिहास, अहिलेको स्वास्थ्य अवस्था, आँखा, नाक, कान, घाँटी, मुटु र छाती लगायत अंगहरुको जाँच गरी आवश्यक थप परीक्षण गर्न सुझाउँछन । रोग पहिचान भइसकेको अवस्थामा बेला बेलामा स्वास्थ्य परीक्षण गरेर फिजिसियनलाई रिपोर्ट देखाउनुपर्ने हुनसक्छ ।
अन्तर्राष्ट्रिय अभ्यासमा एमडीजीपीलाई देखाइसकेपछि मात्र सुपरस्पेसलाइजमा जाने प्रचलन हुन्छ । कुनै स्वास्थ्य समस्या भएमा सर्वप्रथम फ्यामिली फिजिसयनलाई देखाउनुपर्छ । करिब ५०–६० प्रतिशत घटनाहरु फ्यामिली फिजिसियनबाटै समाधान हुन सक्छन् ।
वेलनेस केयरअन्तर्गत मोटोपना कम गर्नुपर्छ । स्वस्थकर खानपान गर्नुपर्छ । दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । धुमपान, मद्यपान गर्नुहुँदैन । स्वस्थकर जीवनशैली अवलम्बन गरे रोग लाग्ने सम्भावना कम हुनुका साथै भएको रोग पनि नियन्त्रण हुन्छ । साथै बेला बेला स्वास्थ्य परीक्षण गर्ने, चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ । साथै समय समयमा कोभिड, हेपाटाइटिस, फ्लू, निमोनियाका खोप लगाउनुपर्छ ।
(डा. थापाले जनरल प्राक्टिसनर र इमर्जेन्सी मेडिसिनमा एमडी गर्नुभएको छ । हाल उहाँ टेस्ला डायग्नोष्टिक क्लिनिकमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
