
जनस्वास्थ्य सरोकार, वीरगञ्ज। पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ ।
राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैङ्कको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिनुभयो ।
नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा प्रधानले जानकारी दिनुभयो ।
आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताउनुभयो । यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उहाँको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको रु १० हजारदेखि रु १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा रु पाँच हजार शुल्क तोकेको छ ।
पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् । यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा प्रधानले बताउनुभयो । उहाँले भवन निर्माणका लागि सिद्धार्थ बैंकले रु ५५ लाख र अन्य सहयोगी दाताबाट रु पाँच लाख सहयोग गरी कूल रु ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

