नेपाल हेल्थ न्युज, काठमाडौं । देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केभिडी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७ लाख ७७ हजार ७७७ सहयोग गरेको छ।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि.सहितको केभिडी ग्रुपले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको हो।
समूहका तर्फबाट अध्यक्ष सुना सुबेदीले सहयोग रकम उपलब्ध गराएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक जानकारी गराउनुभएको छ ।
केभिडी ग्रुपले प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेको छ।
समूहले राष्ट्र विपत्तिमा परेको समयमा मानवीय भावनालाई आत्मसात् गर्दै सहयोग गरिएको जनाएको छ। बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायबाट भइरहेको प्रयासमा आफ्नो ऐक्यबद्धता जनाउँदै केभिडी ग्रुपले सहयोग रकम प्रभावित नागरिकको हितमा प्रभावकारी रूपमा सदुपयोग हुने विश्वास व्यक्त गरेको छ।
ललितपुरको बालकुमारीमा रहेको कान्तिपुर भेट डिस्ट्रिव्युटर्स प्रा.लि.पशु स्वास्थ्यसम्बन्धी सामग्री तथा औषधि वितरण क्षेत्रमा कार्यरत कम्पनी हो। केभिडी ग्रुपको यो सहयोगले व्यवसायिक संस्थाहरूले आफ्नो नियमित व्यावसायिक गतिविधिसँगै विपद् तथा सामाजिक संकटका समयमा निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको तत्कालीन राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्म ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा निजी क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले सरकारी राहत तथा उद्धार प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
केभिडी ग्रुपले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायले गरिरहेको कामप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३



