जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालमा फोन पे क्युआरकोडबाट सहजै भुक्तानी गर्न सकिने भएको छ । फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा सो सेवा उपलब्ध गराइएको हो । अब बिरामीले नगद नभएपनि उपचार गर्न सक्ने छन् । अस्पतालका कार्यकारी निर्देशक डा.भुपेन्द्र बहादुर वस्नेतले सो सिस्टमको शुरुवात् गर्नुभयो ।

नेपालको सबैभन्दा पुरानो सरकारी वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन भुक्तानी गर्ने र अस्पताललाई पेपरलेस बनाउने प्रयासमा अघि बढेको डा. बस्नेतको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

