
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याबको उद्घाटन गरिएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले संयुक्त रूपमा क्याथल्याबको उद्घाटन गर्नुभएको हो ।
ल्याबको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गिरीले विपन्न नागरिकलाई सेवा दिने सरकारको दायित्व भएकाले सबैले सहकार्य गरेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा गर्नुपर्ने संरचनागत सुधार गरी अझै बढी विपन्न र गरिब नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आवश्यक रहेको उल्लेख बताउनुभयो ।
यसैगरी राज्यमन्त्री डा. कार्कीले उच्च मनोबलका साथ स्वास्थ्य सेवा प्रदानका लागि आफू आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयोे । उहाँले अस्पताललाई आवश्यक पर्ने जनशक्ति र पूर्वाधार जुटाउनका लागि तयार रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा निर्देशक डा. भूपेन्द्र बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार वीरमै गर्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन्। तीमध्ये दैनिक चार/ पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ।
कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो।अस्पतालमा सेवा सुरु भएसँगै क्याथल्याब आवश्यक पर्ने बिरामी रिफर गर्नुपर्ने बाध्यता बिस्तारै कम हुने डा. बस्नेतको भनाई छ ।
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



