जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गर्नुभएको छ ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो ।
सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणको दौरानमा प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गर्नुभएको हो ।
नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३
चिकित्सकमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघद्वारा दोषीलाई कारबाही गर्न माग
सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
सोमबार, भदौ ८, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, भदौ ८, २०८३ट्रेन्डिङ
