
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा युएसएआईडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले मूल गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।
कृत्रिम फोक्सो मार्फत वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरूबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको र जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्ब गर्ने मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुराउँदछ । '
उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने उहाँको भनाई छ ।
धेरै देशहरुले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औँ स्थानमा रहेको छ ।
सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौँमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको बताइएको छ । नेपालमा दीर्घकालिन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत कारण वायु प्रदुषण मानिन्छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

