
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ ।
सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन मन्त्रालयले भनेको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

