
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ ।
शुक्रबार बिहान बस्नेतले अस्पतालको निरीक्षण गर्दै एक हप्ताभित्र विरामीहरुले महशुस हुने गरी सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको हो ।
वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिनुभयो ।
सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाइ छ ।
मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो ।
मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गर्नुभएको थियो ।
टिकट काउण्डरको भीड कम गर्न र सेवा सहज बनाउन अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो ।
यसैगरी, अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिनुभएको छ ।
वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको आईसियू बेड एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

