
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग तथा महाशाखाका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै ९ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
मन्त्रालय उच्चस्रोतकाअनुसार औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरिएको छ । विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।
त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा नियुक्त गरिएको छ । त्यसैगरी अर्थोपेडिक सर्जन डा. बद्री रिजाललाई ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी राष्ट्रिय तालिम केन्द्रमा डा. अनुज भट्टचन र परोपकार प्रसुति गृहको निर्देशकमा डा. श्री अधिकारीलाई नियुक्त गरिएको छ ।
राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतम, परोपकार प्रसुति गृहका निर्देशक डा। पवनजंग रायामाझी र इडिसिडीका निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


