
सन् २००७ सालमा भारतको म्याङलोरस्थित कस्तुर्बा मेडिकल कलेज (केएमी) बाट डर्माटोलोजी विषयमा एमडी गरेर नेपाल फर्किएँ । नेपाल आइसकेपछि साधारण सेतो दुवीको उपचार शल्यक्रिया, पञ्च ग्राफ्टिङ, अल्ट्राथिन ग्राफ्टिङ र ब्लिस्टर ग्राफ्टिङ उपचार सेवा शुरू गरेँ । त्यतिबेला विश्वका विभिन्न देशहरूमा सेतोदुवीको अत्याधुनिक उपचार विधि मेलानोसाइट प्रत्यारोपण शुरू भइसकेको थियो । भारतमा अध्ययन र प्राक्टिस गरेको केएमसी कलेजमा सेतोदुवीको सबैखाले उपचार र शल्यक्रिया भएपनि मेलानोसाइट्स प्रत्यारोपण शुरू भएको थिएन । सेतोदुवीको अत्याधुनिक उपचार सेवा स्वेदशमा शुरू गर्ने हुटहुटी बढ्यो । त्यसपछि मेलानोसाइट प्रत्यारोपण तालिम लिन भारतको चेन्नाईस्थित एपोलो अस्पताल पुगेँ । त्यहाँ वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविचन्द्रनसँग भेट भयो । सेतोदुवी उपचार विधामा उहाँ भारतकै पाइनियर डाक्टर मानिनुहुन्छ । डा. रविचन्द्रनसँग एकहप्ता तालिम लिएर स्वदेश फर्किएँ । मेलानोसाइट्स प्रत्यारोपण गर्ने आवश्यक केमिकल र स्रोत जुटाउन धेरै नै सकस भयो ।
इन्डियामा बस्ने साथीहरूसँगको सर–सल्लाहमा झण्डै ६ महिनाको प्रयासपछि सन् २००९ तिर मेलानोसाइट्स प्रत्यारोपण सेवा सुरू गर्न सफल भएँ ।
के हो मेलानोसाइट प्रत्यारोपण ?
यो एक किसिमका छालाको रङ्ग फर्काउन गरिने शल्यक्रिया हो । यस प्रविधिमा आफ्नै शरीरको छालाको पातलो झिल्ली निकालेर सेतो दुवी भएको ठाउँमा टाँसिन्छ । सानो टुक्रा छालाले दुई सय वर्ग सेन्टिमिटर सेतोदुवीको भाग ढाक्न सकिन्छ ।

बिना शल्यक्रिया सेतो दुवी निको पार्न सकिँदैन ?
सबै सेतो दुवीलाई मेलानोसाइट प्रत्यारोपण आवश्यक पर्दैन । मधुमेह, थायराईड र छालाको बाथको समस्या भएकाहरूलाई सेतो दुवीसँगसगै सम्बन्धित रोगको उपचार गर्नुपर्छ । खाने औषधि, लगाउने मल्हम र घाममा सेक्ने उपचार विधि अपनाइन्छ । यसलाई पुभा थेरापी भनिन्छ । घाममा बस्न नभ्याउने व्यक्तिका लागि हप्ताको ३ दिन कम्तिमा दुइ मिनेट फोटो थेरापीमा राख्नुपर्छ ।
निरन्तर ६ महिनासम्म औषधोपचार गर्दा दुवी ठीक नभएमा मात्र प्रत्यारोपणको जरूरत पर्छ ।
कस्तो व्यक्तिलाई सेतोदुवी हुनसक्छ ?
सेतोदुवी एक अटोइम्युन समस्या हो । शरीरको रक्षा संयन्त्रले मेलानोसाइट्सलाई बाहिरी तत्व ठानेर नष्ट गरिदिन्छ । यसले छालामा कालो रङ्ग पैदा गर्ने मेलानिन तत्व पूर्णरूपमा नष्ट हुन्छ र छाला सेतो देखिन्छ । कतिपय सेतोदुवी बाथरोगसँग सम्बन्धित हुन्छन् । यसैगरी सेतोदुबी करिब १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छन् । सानो उमेरमा गरिएको सेतोदुबीको उपचार प्रभावकारी हुन्छ ।
बढ्दो उमेरसँगै सेतोदुबी निको हुने दर पनि घट्दै जान्छ । यो महिला र पुरुष दुबैलाई बराबर देखिन सक्छ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
