
दाद छालामा देखिने एक प्रकारको फंगल इन्फेक्सन हो । यसमा छालामा रातो, गोलो आकारको घाउ बन्छ र चिलाउँछ । घाउको वरपरबाट बिस्तारै पाप्रा निस्किन थाल्छ । त्यसैले यो रिंगवर्मको नामले पनि चिनिन्छ । बालबालिकाहरूमा कपाल खुइलिने र कत्ला–कत्ला परेर समस्या आउँछ । यो डर्माटोफाइट्स फंगसको संक्रमणले हुने गर्छ ।
शरीरको गाढा र ओसिलो भागमा सुपर–फिसियल फंगल संक्रमण धेरै हुने गर्छ । छालासँगै फोक्सो, ब्लड, यूरिनरी ट्रयाक र ब्रेनमा समेत डीप फंगल इन्फेक्सन हुनसक्छ ।
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई बढी संक्रमण हुनसक्छ । यो एक किसिमको सरुवा रोग हो । संक्रमितले प्रयोग गर्ने कपडा, रूमाल, साबून आदिबाट सजिलै संक्रमण हुनसक्छ । पानी र जनावरसँगको संसर्गबाट पनि सर्नक्छ ।
शारीरिक र मानसिक कष्ट
दादमा छाला चिलाउने, फुस्रो हुने र रातो हुने गर्छ । समयमा उचित उपचार नपाएमा संक्रमण भएर घाउ पाक्न सक्छ र एकभन्दा बढी व्यक्तिलाई संक्रमण गर्नसक्छ । कसैलाई रातभर घाउ चिलाएर निन्द्रा पर्न सक्दैन । यसले कार्यदक्षतामा ह्रास ल्याउँछ । शारीरिक र मानसिक कष्ट दिन्छ ।

नियमित औषधि
दादको किटाणुलाई नियमित उपचारले नियन्त्रणमा राख्न सकिन्छ । जीवनशैली परिवर्तन र जथाभावी एन्टिबायोटिक्सको प्रयोगले फंगल रेजिस्टेन्सको सम्भावना बढाएको छ ।
दादमा स्टेरोइड भएका मल्हमहरू जथाभावी प्रयोग गर्नाले सुरूमा निको भएजस्तो लागेपनि विस्तारै शरीरभर फैलिएर जटिल रूप लिनसक्छ ।
करिब १ सय जनामध्ये १० जनाको दाद निको हुन गाह्रो हुने गरेको छ । यस्ता बिरामीलाई कडा औषधिको जरूरत पर्नसक्छ ।
चिकित्सकको निगरानी
औषधि लगाएर दाद निको भएपछि पनि थप केही समयसम्म औषधिलाई निरन्तरता दिनुपर्छ । अन्यथा दाद पुनः बल्झन सक्छ । दाद पुन बल्झिएमा छाला रोग विशेषज्ञ र फिजिसियनको निगरानीमा उपचारलाई निरन्तरता दिनुपर्दछ । घरपरिवारमा दाद भएमा सबै सदस्यको एकैपटक उपचार सुरू गर्नुपर्दछ ।
खुकुलो र पसिना सोस्ने खालका कपडाहरू लगाउनुपर्छ । सकेसम्म सिन्थेटिक कपडा प्रयोग गर्नहुँदैन । भित्री वस्त्रहरुलाई साबुनपानीले राम्रोसँग धोएर घाममा सुकाएर लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । विशेषज्ञको अनुमतिबिना जथाभावी औषधि प्रयोग गर्न हुँदैन । मद्यपान गर्नुहुँदैन ।
(डा. पराजुली त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा सह—प्राध्यापक हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि छाला रोग विशेषज्ञ हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
