
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसबाट बिरामीलाई धेरै राहत हुने उहाँको भनाई छ ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्न लागिएको बताउनुभयो । वीरमा हाल दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



