
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसबाट बिरामीलाई धेरै राहत हुने उहाँको भनाई छ ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा उपचार सेवा सुरु गर्न लागिएको बताउनुभयो । वीरमा हाल दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

