
रिफ्रेक्टिभ भनेको दृष्टि दोष हो । दृष्टि दोष भएका व्यक्तिहरूले चश्मा लगाउनुपर्छ । तर चश्मा लगाउन नचाहनेहरूलाई वा चश्मा बोझ बनिरहेका व्यक्तिहरूलाई शल्यक्रिया मार्फत् लेजर गरेर आँखाको नानीको सेपलाई परिवर्तन गरेर चश्मा लगाउन नपर्ने अवस्था सिर्जना गरिन्छ जसलाई रिफ्रेक्टिभ सर्जरी भनिन्छ ।
रिफ्रेक्टिभ सर्जरी सबैलाई गर्न मिल्दैन । यो १८ बर्ष पछि मात्र गर्नुपर्छ । ४० बर्षपछि टाढा र नजिक देख्ने दुवै गर्न मिल्छ । तर आँखाको नानी बलियो भएकाहरूमा मात्र रिफ्रेक्टिभ सर्जरी गर्न सकिन्छ । त्यसका लागि स्क्यान गर्नुपर्छ ।
संसारमा फेम्टो सेकेन्ड र एकजाईमर गरी २ वटा मात्र लेजर छन् । फेम्टो सेकेन्ड लेजरले आँखाको नानीको फ्ल्याप बनाउने लेसिक वा लेन्टिकुल स्टास्माइल, स्मार्ट साइट, क्लियर सेल लगायत धेरै प्रोस्युजर गर्न मिल्छ । हामीले ७–८ वटा प्रोस्युजरहरू सजिलै गरिरहेका छौँ । हरेकलाई फरक फरक मिल्न सक्छ भने कसैकसैलाई केहि पनि नमिल्न सक्छ । भविष्यमा समस्या आउने सम्भावना रहेमा शल्यक्रिया गर्न हुँदैन । कतिपय अवस्थामा शल्यक्रिया गरेकाहरूमा पनि समस्या आउन सक्छ । तर त्यसलाई पुनः उपचार र व्यवस्थापन गर्नुपर्छ । आँखाको नानी, दृष्टि आदिलाई ख्याल गरेर कुन शल्यक्रिया उपयुक्त हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ ।
आँखाको पावर धेरै भएकाहरूमा जोखिम बढी हुन्छ । कम पावर भएकाहरूमा शल्यक्रिया गर्न सजिलो र कम्प्लिकेसन नआउने सम्भावना बढी हुन्छ । आजकल माइनस १० भन्दा कममा सजिलै शल्यक्रिया गर्न सकिन्छ । त्यो भन्दा माथि जान हुँदैन । माइनस ६ देखि निकै केयरफूल हुनुपर्छ ।
मोटो चश्मा लगाउने व्यक्तिले मात्र लेजर सर्जरी गर्ने हो कि भन्ने आमसर्वसाधारणको धारणा पाइन्छ । तर मोटो चश्मा लगाउनेहरूमा लेजर शल्यक्रिया गर्न नमिल्ने सम्भावना बढी हुन्छ ।
के यो सुरक्षित छ ?
आँखाको नानीको मोटाई कति छ ? आँखा कति बलियो छ ? आँखा सुख्खा हुने गरेको छ छैन ? लगायत सम्पूर्ण समस्या केलाएपछि सुरक्षित भएमा मात्र शल्यक्रिया गर्नुपर्छ । भविष्यमा समस्या आउनसक्ने सम्भावना बोकेकाहरूलाई शल्यक्रिया गर्न हुँदैन ।
लेजर सर्जरी ३० सेकेन्डदेखि एक मिनेटभित्र सकिन्छ । तर ५ वर्षभित्र शल्यक्रिया गरेको भए दृष्टिको अवस्था ख्याल गर्नुपर्छ । जसले पनि सर्जरी गर्न सक्छ । तर पछि आउन सक्ने समस्या ख्याल गर्नुपर्छ । हामीले ५० प्रतिशत व्यक्तिलाई त रिजेक्ट नै गरेका हुन्छौँ ।

के बिग्रिएका उदाहरण पनि आउँछन् ?
कतिपय ब्यक्तिलाई शल्यक्रिया गर्न नमिल्ने बताएपनि जवर्जस्ती भारतमा गएर शल्यक्रिया गर्छन् । एक बर्षपछि समस्या लिएर आएको पाइन्छ । यो शल्यक्रिया गरिसकेपछि अन्धो हुने भन्ने समस्या त हुँदैन । तर यसलाई विस्तारै व्यवस्थापन गरेर समाधानको उपाय खोजिन्छ ।
मोतिविन्दु शल्यक्रिया गरिसकेपछि पनि लेन्सको पावर नमिलेको अवस्थाका ६० – ७० वर्ष उमेरका व्यक्तिलाई पनि लेजर सर्जरीबाट चश्मा नलगाउने बनाउन सकिन्छ ।
मधुमेह र उच्चरक्तचाप भएकाहले लेजर गर्न मिल्छ कि मिल्दैन ?
उच्च रक्तचाप नियन्त्रणमा राखेको अवस्थामा लेजर सर्जरी गर्न सकिन्छ । तर डायविटिजमा सुगर नियन्त्रण भएपनि भित्री पर्दालाई ड्यामेज गरिरहने भएकाले पर्खाएर सावधानिपूर्वक गर्नुपर्छ ।

सर्जरी गरिसकेकाहरूमा समस्या आउन सक्छ ?
यसमा फेल भनेको पावर बढ्ने हुनसक्छ । यस्ता व्यक्तिले पुनः चश्मा लगाउनुपर्ने हुनसक्छ । जस्तैः माइनस ६ भएमा तपाइको पावर बढ्ने ५ प्रतिशत सम्भावना हुन्छ । माइनस ३ भएमा बढ्दैन भन्ने हुन्छ । माइनस २ भएमा सायदै बढ्दैन । बढेमा त्यसमा अलिकति लेजर थप्न मिल्छ । तर यसका लागि आँखाको नानी बलियो हुन आवश्यक पर्छ । त्यसैले माइनस बढी भएकाहरूमा करिब २५ वर्ष सम्म पर्खिन सल्लाह दिने गरेको छु । माइनस ६ देखि माथिकालाई थप्न पनि डर लाग्छ ।
समस्याको जड पत्ता लगाउन कतिको सचेत हुनुपर्छ ?
आँखाको नानी कमजोर हुनुमा क्रस लिंकिङ पनि हुनसक्छ । त्यसलाई बलियो बनाउन बिरामीलाई ३ देखि ६ महिनाको बीचमा बोलाइन्छ र स्क्यानिङ गरेर हेर्नुपर्छ ।
आँखाको नानी बलियो र कमजोर हुने के कारण हो ?
आँखाको नानी कमजोर हुनमा वंशाणुगत कारण हुनसक्छ ।
खर्च कति लाग्छ ?
नेपालमा करिब ९५ हजार रूपियाँमा रिफ्र्याक्टिभ सर्जरी गर्न सकिन्छ । वास्तवमा यो शल्यक्रिया गर्दा २ देखि ३ लाख रूपियाँ पर्छ ।
तर लेजर कम्पनिसँग टाइअप गरेर नेपालमा सस्तोमा सेवा दिन सफल भएका छौं ।
(डा. प्रधान मात्रिका आई सेन्टरमा हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
