
नेपालमा भारतभन्दा आँखाको उपचार निकै राम्रो मानिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डको दृष्टिकोणबाट पनि नेपालमा आँखा उपचार सेवा धेरै राम्रो छ । सेवाको दृष्टिले समस्या छैन । तर प्राज्ञिक शिक्षा र अनुसन्धानको क्षेत्र कमजोर छ । यस क्षेत्रमा जनशक्तिको पनि कमी छ । त्यतातिर राज्यको त्यति ध्यान पुगेको देखिदैन । केही निजी र सरकारी कलेजहरूमा अध्ययन अध्यापन भइरहेको भएपनि पर्याप्त छैन । नेपालमा ४२० जना रजिष्टर्ड अप्थाल्मिक चिकित्सक, करिब ४७७ जना अप्टोमेट्रिक र करिब ९५० नेत्र सहायक रहेका छन् ।
नीजि मेडिकल कलेजहरूमा रेजिडेन्ट डाक्टर गए पनि बिरामीको अभाव रहन्छ । यसले शिक्षण सिकाइमा समस्या उत्पन्न भएको छ । अध्ययन–अध्यापन गराउने ठाउँमा सेवा पनि हुनुपर्छ । सरकारले रेजिडेन्सहरूलाई निःशुल्क छात्रवृतिमा अध्ययन गराउने भनेको छ । उनीहरूले २ वर्ष अनिवार्य रूपमा सरकारी अस्पतालमा काम गर्नुपर्छ । तर अस्पतालहरूमा आँखा उपचारका लागि आवश्यक पर्ने उपकरण पनि हुँदैन । कसरी पढाउने ? बजेट समान रूपमा वितरण गर्नुपर्छ ।
नेपालमा हरेक वर्ष २०/२५ जना एमडी अप्थाल्मिक डाक्टर उत्पादन भइरहेका छन् । तर उत्पादन भएका जनशक्तिको व्यवस्थापनमा समस्या छ ।
सबैजना राजधानी केन्द्रित हुन चाहन्छन् । सुरूका दिनमा नेपाल नेत्र ज्योति संघ मातहतका अस्पतालमा जाने गर्थे । सीपका लागि भने पनि ‘एक्सपोज’ हुने अवस्था थियो । तर सस्तो जनशक्तिका रूपमा काम गर्नुपर्ने बाध्यता छ । फेलोसिप पाउन पनि गा–हो छ । सरकारी स्तरबाट सञ्चालित आँखा अस्पताल छैन । यसका लागि सरकारले पहल लिनुपर्छ ।

सामान्य काम गर्न सक्ने वातावरण बनाउनु पर्छ । सरकारले दरबन्दी सृजना गरेको छैन । सरकारले पनि सबैलाई प्राज्ञिक सिट दिएर मात्र हुदैन । निश्चितताकोे सीमाङ्कन पनि तोक्नुपर्छ ।
भारतको अल इण्डिया इन्स्टिच्युट अफ अप्थाल्मोलोजीमा ४ वटा सिट मात्र छ । पिजीआई चण्डिगढमा पनि त्यही हो । सीट संख्या बढाएर मात्र हुँदैन । गुणस्तर नियन्त्रण आवश्यक पर्छ । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको समान पाठयक्रम भए पनि गुणस्तर भने छैन । परीक्षाको ढाँचा पनि फरक छ । हरेक चिज फरक छ ।
(प्रा.डा. चौधरी चिकित्सा शास्त्र अध्ययन संस्थान विपी कोइराला लाइन्स सेन्टर फर अप्थाल्मिक स्टडिजमा प्राध्यापन गर्नुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
