
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ ।
छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिले बताउनुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।
चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

