
हालसालै एक निःसन्तान दम्पत्ति उपचारका लागि राजधानीको एक आइभिएफ सेन्टरमा गएका रहेछन् । त्यहाँ महिलाको पाठेघरको भित्री भाग राम्रो नभएकाले प्लाज्मा थेरापी (पिआरपी) गर्न भनिएछ । उनको पिआरपी उपचार गरियो । यो उपचारले सुधार आएन । त्यसपछि उनलाई ‘रिजेनेरेटिभ थेरापी’ गर्न भनियो । यसका लागि इन्डिया जानुपर्ने र सेन्टरले नै सम्पूर्ण व्यवस्था मिलाइदिने कुरा भएछ । त्यसपछि ति महिला क्यानडामा बस्ने आफ्नो दाइको सल्लाहअनुसार हाम्रो सेन्टरमा आइपुगिन् । हाम्रो चेक जाँचमा पाठेघरको भित्री भाग राम्रो र ओभुलेसन हुने क्रममा थियो । त्यसपछि एकपटक शारीरिक सम्बन्ध राख्न सल्लाह दियौं । गर्भ बस्यो । तर ‘ब्लाइटेड ओभुम प्रेग्नेन्सी’ भयो । यसलाई टर्मिनेट (समाप्त) गर्नुपर्यो । जब कि युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एण्ड इम्रियोलोजी (इएसएचआरआई) ले अहिलेसम्म पनि पिआरपी थेरापीलाई क्लिनिकल अभ्यासमा नभई अनुसन्धानको क्रममा रहेको उल्लेख गरेको छ । यसरी सामान्य ज्ञान समेत नभई सिधै आईभिएफ गर्न सुझाव दिने कारण कतिपय निःसन्तान दम्पत्तिले अनावश्यक दुःख पाइरहेका छन् । त्यसकारण हरेक आइभिएफ सेन्टरमा नैतिक अभ्यास हुन जरूरी छ ।
एआरटी निर्देशिका नहुँदा समस्या
यसरी एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) सम्बन्धि निर्देशिका नबनेकाले समस्या छ । यसप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यान जानुपर्छ । देशको माटो सुहाउँदो एआरटी निर्देशिका तयार गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय जगतमा इन्टरनेशनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (आईसिमार्ट) ले आईभिएफ सेन्टरहरूको गुणस्तर हेर्ने गर्छ । नेपाल सरकारले पनि नेसनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (एसिमार्ट) बनाउन जरूरी छ ।

सरोगेसीबारे मेरो धारणा
हालसालै सरोगेसीलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा अन्तरक्रिया भएको थियो । फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)को तर्फबाट सहभागिता जनाएको थिएँ ।
सरोगेसी चाहिने ब्यक्तिलाई कानुनी मान्यता दिनुपर्छ । तर सरोगेसीको व्यापारलाई पूर्णरूपमा निरुत्साहित गर्नुपर्छ । पाठेघरको भित्री भाग बिग्रिएको र निश्चित रोग लागेको अवस्थामा गर्भवती हुननसक्ने महिलाले सरोगेसी गर्न पाउनुपर्ने व्यवस्था गर्न सकिन्छ ।

ओभुम डोनेसन र एम्ब्रियो डोनेसनबारे अन्योल
अहिले वीर्यदानले कानुनी मान्यता पाएपनि ओभुम डोनेसन र एम्ब्रियो डोनेसनबारे अन्योल कायम नै छ । कहिलेकाहीँ अविवाहित सम्बन्धमा बसेका किशोरीहरू सामान्य खर्चका लागि ओभुम डोनेसन गर्ने इच्छा राख्छन् ।
अण्डादान गर्ने महिला प्रजनन् क्षमता प्रमाणित (फर्टिलिटी प्रुभन) हुनुपर्छ । बच्चा भइसकेको हुनुपर्छ । सकेसम्म निःसन्तान दम्पत्ति आफैले अण्डादान गर्ने महिला ल्याउने व्यवस्था गर्नुपर्छ । वीर्यदान गर्ने पुरुषको पनि प्रजनन् क्षमता प्रमाणित गर्न जरूरी छ ।
निःसन्तानको समस्या धेरै
कहिलेकाहीँ श्रीमान श्रीमती दुबैको स्वास्थ्य अवस्था राम्रो र ओभुलेसन भइरहेको हुन्छ । तर सहवासको समय नमिलेर गर्भधारण नहुनसक्छ । यस्तो अवस्थामा टिआई (टाइम्ड इन्टरकोर्ष) गर्न सकिन्छ । ओभुलेसन नभए औषधि चलाएर ओभुलेसन गराइ सहवासको समय मिलाइन्छ । यसैगरी ट्युब ड्यामेज, इन्डोमेट्रियोसिस, अनएक्स्प्लेन्ड इन्फर्टिलिटी र पुरूषमा शुक्रक्रिटको कमीका कारण निःसन्तानसम्बन्धि समस्या भएमा आइभिएफ गरिन्छ । ट्युबसम्बन्धि समस्या कारण धेरैमा निःसन्तानको समस्या पाइरहेका छौं ।
(लेखक क्रियटर्स आइभिएस सेन्टरका कार्यरत हुनुहुन्छ ।)
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

