
जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल उपचारमा प्याथोलोजी रिपोर्टलाई चिकित्सकका आँखाको रूपमा लिने गरिन्छ । नमुना परीक्षणबाट आएको रिपोर्टका आधारमा कुन औषधि सिफारिस गर्ने एवं कुन उपचार पद्धति अपनाउने भन्ने बारे निर्णय लिनुपर्छ । यसका लागि ल्याव टेष्ट गर्ने मेसिन, रिपोर्टिङ र केमिकलको गुणस्तर सही हुनुपर्छ ।
मेसिन, रिपोर्टिङ र केमिलको गुणस्तर एकिन गर्न थर्ड पार्टी क्वालिटी कन्ट्रोल र इक्युए (एक्टर्नल क्वालिटी एस्योरेन्स) प्रोग्राम आवश्यक पर्छ । यसलाई मुख्य केन्द्रविन्दु बनाएर ल्याव टेक्नोलोजिष्ट महेन्द्र वडुवाल र बायोमेडिकल इन्जिनियर भुपेन्द्र श्रेष्ठले मुलुकमा ल्यावको थर्डपार्टी क्वालिटी कन्ट्रोल र इक्युएलाई व्यापक बनाउने अठोट गर्नुभएको थियो ।

अहिले मुलुकमा रेन्डक्स (RANDOX) को थर्डपार्टी क्वालिटी कन्ट्रोल र इक्युए प्रोग्रामले क्रान्ति नै ल्याइदिएको छ । यो विश्वव्यापी रूपमा प्रयोगमा आएको हाइली एक्रिडिटेड युकेको प्रोग्राम हो । हाल मुलुकमा रहेका ल्यावमध्ये करिब ४०–५० प्रतिशत ल्यावहरूले थर्डपार्टी क्वालिटी कन्ट्रोल प्रयोग गरिरहेका छन् । ती मध्ये करिब ८० प्रतिशत रेन्डक्सले ओगटेको छ । देशमा एक्सटर्नल क्वालिटी एसोरेन्स (इक्युए) प्रयोग गर्ने करिब १ सय भन्दा बढि ल्याबमध्ये करिब ७० प्रतिशतले रेन्डक्सको इक्युए प्रोग्राम ‘रिक्वास’ प्रयोग गरिरहेको टेक्नोबायोमेड प्रा.लि.का सञ्चालक एवं ल्याव टेक्नोलोजिष्ट महेन्द्र बडुवाल बताउनुहुन्छ ।

विश्वका १३९ मुलुकमा ५० हजार भन्दा बढी ल्याबहरूले रिक्वास प्रयोग गरिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र ७ वटा प्रदेशस्तरीय ल्यावहरूले समेत थर्ड पार्टी क्वालिटी कन्ट्रोल र इक्युएका लागि रेन्डक्स सँग सहकार्य गर्दै आएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ‘ए’ र ‘बी’ श्रेणीका ल्यावहरूले अनिवार्य रूपमा एक्टर्नल क्वालिटी एसोरेन्स प्रोग्राम अपनाइएको हुनुपर्ने मापदण्ड बनाएको छ । आईएसओ १५१८९ ले बनाएको गाइडलाइनमा पनि थर्ड पार्टी क्वालिटी कन्ट्रोल र इक्युए प्रोग्राम प्रयोग गर्न सिफारिस गरिएको छ ।
विश्व बजारमा हजारौं ल्यावका मेसिनमा प्रयोग भएका रेन्डक्सको लाखौ डाटा सिटहरूबाट एभरेज भ्यालु निकालिने भएकाले यसले गुणस्तरमा विश्वसनियता कमाएको छ ।
‘हाइ सेल्फ लाइफ भएका रेन्डक्सको थर्ड पार्टी क्वालिटी कन्ट्रोलमा Consolidation, Consistency, Traceablty and Flexiability को विशेषता रहेको छ । यी नै विशेषताका कारण थर्डपार्टी क्वालिटी कन्ट्रोल प्रयोग गर्दा कुनै बाएसनेस हुन पाउँदैन ।’—टेक्नो बायोमेड प्रा.लि.का सञ्चालक एवं बायोमेडिकल इन्जिनियर भुपेन्द्र श्रेष्ठ भन्नुहुन्छ—‘रेन्डक्सको एउटै कन्ट्रोलमा अधिकतम प्यारामिटर र गुुणस्तरीयता हुने भएकाले धेरै खर्च पनि हुँदैन ।’

टेक्नो बायोमेडले नेपालमा बजारीकरण गर्ने रेन्डक्सको USFDA मान्यता प्राप्त बायोकेमेस्ट्री एनालाइजर मेसिन पनि रहेको छ जुन देशका धेरै ल्यावहरूले प्रयोग गर्दै आएका छन् । टेक्नो बायोमेडले नेपालमा रेन्डक्ससहित ल्याबसँग सम्बन्धित ११ वटा मल्टिनेशनल ब्रान्डका सामान आधिकारिक रूपमा आपूर्ति गर्दै आएको छ । जसमध्ये मुख्य प्रायः कम्पनिहरू अमेरिकन गुणस्तर मान्यता प्राप्त रहेका छन् ।

टेक्नो वायोमेडले कोगुलेसन र अटोइम्युन जाँचका लागि USFDA मान्यता प्राप्त अमेरिकन कम्पनि वेरफेन (Werfen), एचपिएलसी (एचबीएवानसी, थेलेसेमिया लगायतका हेमोग्लोविन रोगहरूको डायग्नोसिस) र युरिन एनालाईसिसका लागि युएसएफडिए मान्यता प्राप्त जापानीज कम्पनि आर्करे (Arkray), यसैगरी हेमाटोलोजी जाँचमा युएसएफडिए मान्यता प्राप्त जापानीज कम्पनि होरिवा (HORIBA), इलेक्ट्रोलाइट जाँचका लागि विश्वमा उत्कृष्ट मानिएको थिक फिल्म वेस्ड टेक्नोलोजी (Thick Film Based Technology) भएको कार्टिज वेस्ड एनालाइजर बजारिकरण गर्दै आएको छ जुन अस्ट्रियन कम्पनि एक्सिएस मेडिकल (EXIAS Medical) को रहेको छ । इएसआर (हेमोटोलोजी ल्याबमा गरिने एक प्रकारको जाँच) र माइक्रोबायोलोजी अटोमेसनका लागि एलिफ्याक्स (ALIFAX) इटली , नेफ्लोमिटर जाँचमा चाइनिज कम्पनि गोलसाइट (GOLSITE), र्यापिड टेस्ट अन्तर्गत एचआइभी, हेपाटाइटिस र फिया जाँचका लागि उत्कृष्ट मानिएको कोरियन कम्पनि एस.डी. वायोसेन्सर (SD BIOSENSOR) मेसिनको नेपालमा बजारीकरण गर्दै आएको छ ।

त्यसैगरी हिस्टोप्याथोलोजी जाँचका लागि टेक्नो वायोमेडले USFDA मान्यता प्राप्त चाइनीज कम्पनि ड्याकी (DAKEWE) सँग आधिकारिक सहकार्य गरेको छ । यस कम्पनिको सहकार्यमा नेपालमा पहिलोपटक बजारीकरण शुरू गरिएको अटोमेटेड क्यासेट प्रिन्टर, स्लाइड प्रिन्टर, कभर स्लिपर आदि उत्पादनको बजारीकरण गरिएको छ । यसको प्रयोगले इरर आउँदैन र स्लाइडलाई प्रिजर्भेसन गरेर बीसौ वर्ष सम्म राख्न सकिन्छ ।

यस प्रकारका अत्याधुनिक उत्पादन टेक्नो वायोमेडले नेपालमा पहिलोपटक ल्याएको कम्पनिका सञ्चालक वडुवालले जानकारी दिनुभयो । यसैगरी टेक्नो बायोमेडले USFDA मान्यता प्राप्त चाइनीज कम्पनि इडान (EDAN) को एबीजी (आर्टियल ब्लड ग्याँस) एनालाईजर नेपालमा आपूर्ति गरिरहेको छ जुन कार्टेज वेस्ड उत्कृष्ट टेक्नोलोजी हो । यो क्रिटिकल अवस्थाका बिरामीका लागि लाभदायक मानिन्छ ।
टेक्नो बायोमेडले शुरूका दिनमा ल्याबमा हेमोग्लोबीन सीबीसी जाँच गर्ने USFDA मान्यता प्राप्त स्वीडेनको Boule Medical कम्पनिको सामानबाट नेपालमा बजारीकरण शुरू गरेको थियो । सन् २०२३ मा काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाल मेडिकल एक्स्पोमा टेक्नो बायोमेडले वेष्ट स्टल अवार्ड प्राप्त गरेको छ ।

ल्यावहरूको गुणस्तरीयतामा हेल्पिङ ह्यान्ड बन्न सफल भयौं
महेन्द्र बडुवाल-सञ्चालक एवं मेडिकल टेक्नोलोजिष्ट
टेक्नो बायोमेड प्रा.लि.
देशका उत्कृष्ट हस्पिटल तथा रेफरेन्स ल्याबहरूमा मेडिकल टेक्नोलोजिस्टको रूपमा ६ वर्ष काम गरेँ । सो क्रममा मेडिकल ल्यावका विद्यार्थीहरूलाई पनि अध्यापन गराएँ । काम गर्दै एमबीए सम्मको अध्ययन गर्न सफल भएँ । काम गर्ने दौरानमा वायोमेडिकल इन्जिनियर भुपेन्द्र जी सँग भेट भयो । मुलुकमा क्वालिटी प्रोडक्ट स्थापित गर्न विज्ञताको जरुरत पर्छ । त्यो बेला हामी दुवैको ६ वर्षको अनुभव थियो ।
सम्बन्धित विषय अध्ययन गरेर अनुभव बटुलिसकेको अवस्थामा गुणस्तरीय उपकरण, ल्यावको गुणस्तरीयता, कुल गुणस्तर व्यवस्थापनबारे खोज अनुसन्धानका आधारमा काम शुरु गर्न थाल्यौं । हामी दुई जना मिलेर २०६९ मा टेक्नो बायोमेड प्रा.लि.को स्थापना गर्यौं । अहिले यसले एक दशक पूरा गरिसकेको छ । थर्डपार्टी क्वालिटी कन्ट्रोल र एक्युए प्रोग्राममा काम गरेको पनि ६ वर्ष नाघिसकेको छ । पहिला अमेरिका जाने सोच राखेको थिएँ । त्यो बेला गएको भए आर्थिक अवस्था अझै सवल हुन्थ्यो होला । तर अहिले ल्यावको गुणस्तरलाई प्राथमिकतामा राखेर अमेरिका, युके, जापान, कोरिया, चाइना आदिमा उत्पादन भएका अत्याधुनिक ल्याव उपकरण, थर्डपार्टी क्वालिटी कन्ट्रोल र इक्युए प्रोग्राम नेपालका प्रयोगशालाहरूमा आपूर्ति गर्न पाउँदा ठूलो सन्तुष्टी मिलेको छ ।
काम गर्दै जाँदा ल्यावहरूमा गुणस्तरीय सामान आपूर्ति र त्यसपछिका सेवा व्यवस्थापनमा ग्याप भएको अनुभूति गरेका थियौं । यसलाई मुख्य आधार बनाएर काम शुरू गर्न सफल भएका छौं । नेपालका ल्यावहरूको गुणस्तरीयतामा हेल्पिङ ह्यान्ड बन्न सफल भएका छौं ।
आपूर्तिपछिको सेवा प्रभावकारी
भुपेन्द्र श्रेष्ठ-सञ्चालक एवं बायोमेडिकल इन्जिनियर
टेक्नो बायोमेड प्रा.लि.
मैले कलेज अफ बायोमेडिकल इन्जिनियर एण्ड एप्लाइड साइन्सेसबाट बायोमेडिकल इन्जिनियर गरेको हो । बायोमेडिकल इन्जिनियरिङ अध्यापन गराउने नेपालको एक मात्र यो कलेजको पहिलो ब्याचको विद्यार्थी हुँ । वायोमेडिकल इन्जिनियर अध्ययन पश्चात् शुरूमा करिब डेढ वर्षजति जनरल सर्जिकलमा जर्मनीको सिमेन्स कम्पनिका उत्पादनको आफ्टर सेल्स सर्भिसमा रहेर कन्सल्यान्टका रुपमा काम गरेँ । त्यसपश्चात् टेक्नो बायोमेड सञ्चालनमा ल्याउन सफल भयौं ।
थर्ड पार्टी ल्यावोरेटोरी क्वालिटी कन्ट्रोल अन्तर्गतका उत्पादन र अत्याधुनिक ल्याव उपकरणमा केन्द्रित भएर काम गरिरहेका छौं । हामी सँग मेडिकल ल्याबमा ग्राजुएट गरेका ३ जना, १५ जना बायोमेडिकल इन्जिनियर र ४० जना जनशक्ति रहेकाले आपूर्तिपछिको सेवा व्यवस्थापन गर्न सजिलो भएको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
