जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई ३ देखि १० महिनासम्मको तलब भुक्तानी नदिएपछि आन्दोलनको तयारी भएको छ । कर्मचारीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने तयारी गरेका हुन् ।

मंसिर ४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई लिखित रुपमा पाउनुपर्ने पारिश्रामिक एकमुुष्ट पाउनुुपर्ने मागसहित पत्र बुुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नारावाजी गर्ने र ६गते अस्पताल सञ्चालकको घर घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।
माग पूूरा नभएमा सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएका छन् । अस्पतालले विजुलीको रकम भुक्तानी नगरेपछि विद्युत प्राधिकरणले लाइन काटेको छ । कोभिडको समयदेखि अहिलेसम्म प्राधिकरणलाई २६ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

