सन् १९६१ को डिसेम्बरमा त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर हेड इन्जुरी भएकी एकजना केटीको वीर अस्पतालमा टाउको खोलेर शल्यक्रिया भएको थियो । नेपालमा पहिलोपटक टाउको खोलेर गरिएको शल्यक्रिया त्यो नै थियो । उक्त शल्यक्रिया गर्ने चिकित्सक थिए–प्रा.डा. दिनेशनाथ गोंगल । प्रा.डा.गोंगल नेपालमा पहिलोपटक टाउको मात्र नभई मुटु पनि खोल्ने डाक्टरको रूपमा परिचित हुनुहुन्छ । उहाँले जीवनकालभरी ४० हजारभन्दा बढी सफल शल्यक्रिया गर्नुभएको छ । नेसनल एकेडेमी फर मेडिकल साइन्सेस (न्याम्स) को संस्थापक निर्देशक समेत रहनुभएका प्रा.डा. गोंगल अहिले उमेरले ९१ वर्ष पुगिसक्नुभयो । अहिले उहाँ त्रिपुरेश्वरस्थित आफ्नै घरमा उत्तरार्ध जीवन विताइरहनु भएको छ । यद्यपी उहाँमा अझैपनि अस्पताल जाने भोक मरेको छैन । ‘ढाडको समस्याले गर्दा मात्र घरमा बस्न बाध्य भएँ । नत्र अस्पताल जाने अझैपनि काम गर्ने हुटहुटी छ,’—डा. गोंगलले जनस्वास्थ्य सरोकारसँगको भेटघाटमा बताउनुभयो । बाँकी दिनचर्या उहाँको आफ्नै शब्दमा ।
भागवत गीता अध्ययन
साधारणतया बिहान करिब साढे ४ बजेतिर निन्द्रा खुल्छ । बिहान ५ बजे रेडियोमा प्रशारण हुने ‘अध्यात्म योग’ कार्यक्रम नियमित सुन्छु । त्यसपछि नुहाएर दैनिक एक अध्याय भागवत गीता पढ्छु । वटुक भैरव र महाँकाललगायत देविदेवताको पुजापाठ गर्न छुटाउँदिन । युट्युबमा करिब ५० मिनेट जति कृष्णभजन, महादेव भजन सुन्ने दैनिकी जस्तै भएको छ ।

खाना तालिका
८ बजेतिर ब्रेकफास्ट खान्छु । ब्रेकफास्टमा प्रायः एउटा उसिनेको अण्डा, एक पिस ब्रेड र कफी हुन्छ । उच्च रक्तचापको औषधि र क्याल्सियम सेवन गर्दै आएको छु । साधारण एक्सरसाइज र फिजियोथेरापी गर्न पनि छुटाउँदिन । मध्यान्ह १२ बजे तिर खाना खान्छु । खानामा नियमित दाल, भात र तरकारी हुने गर्छ । कहिलेकाहीँ मासु पनि खान्छु ।
दिउँसो १ बजेपछि पुनः भागवत गीता महापुराण एकदुई अध्याय पढ्छु । दिउँसो ३ देखि ४ बजेतिर खाजा खान्छु । खाजामा चिया, बिस्कुट, कहिलेकहीँ सुप हुन्छ । केहि समय बूढाबूढी गफगाफ गर्छौँ । कहिलेकाहीँ आफन्तहरू भेटघाट गर्न आउँछन् । बेलुका साढे ७ बजे खाना खाइन्छ । बेलुका ९ बजे तिर ओछ्यानमा जान्छु ।
नेपाली न्युज च्यानल हेर्दिनँ
साधारणतया बीबीसी, अलजजिरा, सिएनएन र कहिलेकाहीँ इन्डियन न्युज च्यानल हेर्छु । बढ्दो महँगी र सर्वसाधारणको कष्टकर जीवनयापन देख्दा विरक्त लाग्छ । नेपाली च्यानलमा जतिबेला पनि राजनीतिक खिचातानी, कुर्सी काण्ड, तस्कर काण्डलगायतका समाचार मात्र आइरहने भएकाले खासै उपलब्धीमुलक लाग्दैन ।
परिवार
परिवारमा तीन छोरा र एक छोरी छन् । श्रीमती कमला गोंगल, जेठो छोरा प्रा.डा.राजेशनाथ गोंगल (भाइस चान्सलर पाटन एकेडेमी अफ हेल्थ साइन्स) सँगै छन् । कान्छो छोरा शैलेसनाथ गाेंंगल (इन्जिनियर) बाहिर छन् । माइलो छोरा सुदेशनाथ गोंगल अमेरिकाको टेक्सासमा आइटी इन्जिनियर र छोरी संगिता गोंगल मुल (गृहिणी) विहेपश्चात् थापाथलीमा बस्छिन् । बुवा कृष्ण बहादुर गोंगल र आमा भूमती गोंगलको जेष्ठ सुपुत्रको रूपमा मेरो जन्म भएको हो । कान्छो भाइ र एक बहिनीको निधन भइसक्यो । दुइजना बहिनी जीवित छन् ।
पाँच वर्षको उमेरमा डिप्थेरिया
मलाई पाँच वर्षको उमेरमा ‘डिप्थेरिया’ भन्ने रोग लागेको रहेछ । यो बालबालिकाका लागि घातक मानिन्छ । यसले बिरामीको घाँटी र मुटुमा गम्भीर असर पु¥याएर ज्यान समेत लिनसक्छ । त्यसबेला रोगको कुनै खोप वा औषधि विकास भइसकेको थिएन । औषधिको नाममा एउटा सिरफ दिइन्थ्यो । तर पनि डा. जितसिंह मल्लले मेरो राम्रो उपचार गर्नुभएछ र यसबाट उम्कन सफल भएछु ।
एक हजार भारूमा एमबीबीएस
मेरा हजुरबुवा र बुबा छोराछोरीको पढाइ र उज्वल भविष्यका लागि तानसेनबाट काठमाडौं बसाइ सर्नुभयो । म पढाइमा सानैदेखि अब्बल थिएँ । बुबाले मलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । उहाँबाट नै डाक्टरी पढ्ने प्रेरणा पाएँ ।
जिपी स्कुलबाट औपचारिक शिक्षा, त्रीचन्द्र कलेजबाट आइएस्सी र बीएसस्सी अध्ययन पूरा गरेपछि एमबीबीएस अध्ययन गर्न वि.सं. २००७ सालमा भारतको दरभंगा गएँ । त्यतिबेला एमबीबीएस पढ्न वर्षको एक हजार (भारू) लाग्थ्यो । पाँचवर्षे कोर्ष हुन्थ्यो । तर कलेजले ४ वर्षको शुल्क लिएन । वि.सं २०१२ सालमा एमबीबीएस सकिएपछि एकवर्ष भारतमै काम गरेँ ।
वि.सं २०१३ सालमा नेपाल फर्किएँ र लोक सेवा परीक्षा पास गरेर पाटन अस्पतालमा काम गर्न थालेँ । वि.सं २०१५ सालमा एमडी अध्ययनका लागि बम्बई जाने अवसर मिल्यो । तीन वर्षे एमडी कोर्ष सकेर वि.सं २०१८ मा काठमाडौं फर्किएँ । त्यसपछि निरन्तर बिरामीहरूको सेवामा लागेँ ।
पाँच वर्षको उमेरमा डिप्थेरिया
मलाई पाँच वर्षको उमेरमा ‘डिप्थेरिया’ भन्ने रोग लागेको रहेछ । यो बालबालिकाका लागि घातक मानिन्छ । यसले बिरामीको घाँटी र मुटुमा गम्भीर असर पु¥याएर ज्यान समेत लिनसक्छ । त्यसबेला रोगको कुनै खोप वा औषधि विकास भइसकेको थिएन । औषधिको नाममा एउटा सिरफ दिइन्थ्यो । तर पनि डा. जितसिंह मल्लले मेरो राम्रो उपचार गर्नुभएछ र यसबाट उम्कन सफल भएछु ।
पहुँच बाहिर न्युरो सेवा
विगतको तुलनामा नेपालमा न्युरो सर्जरीको विकास र विस्तार राम्रोसँग फस्टाएको देखिन्छ । विशेषज्ञ चिकित्सकको संख्या बढ्दो छ ।
एड्भान्स्डमेन्ट र मोर्डनाइजेसन टेक्नोलोजीका कारण देशमा न्युरो सर्जरी विधाले फड्को त मारेको छ । तर अफसोच ! न्युरो सेवा सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । यसमा सरकारको संलग्नता छैन । राज्यले ध्यान नपुर्याउँदा सर्वसाधारणलाई न्युरो उपचार सेवा लिन कठिन भएको छ ।
यसका लागि राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ । मेडिकल उपकरण खरिदमा विशेष सहुलियत दिनुपर्दछ । स्वास्थ्य बिमाको दायरा बढाउनुपर्दछ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
