नेभिगेशन

जागिरको प्रलोभन: उज्बेकिस्तानका युवतीहरूलाई यसरी जबरजस्ती यौन कार्यमा लगाईयो (बीबीसी अनुसन्धान)

जनस्वास्थ्य सरोकार, काठमाडौँ । दक्षिण दिल्लीको व्यस्त सडकमा एउटा कार उज्बेक पसलबाट गुज्रिरहेको हुन्छ । अफरोजा आफूलाई बन्धक बनाएको फ्ल्याटसम्म पुग्ने बाटोहरू सम्झन थाल्छिन् ।

उज़्बेक
अफरोजालाई सबैभन्दा पहिले दिल्लीको यो फ्ल्याटमा राखिएको थियो ।

उज्बेकिस्तानको अन्दिजानकी अफरोजा गत जनवरी २०२२ मा दिल्ली पुगेकी थिईन । उनलाई मानव तस्करहरुले दुबई–नेपाल हुँदै दिल्ली ल्याएका थिए । त्यहाँ उनलाई विभिन्न फ्ल्याट र होटलमा राखेर यौनजन्य काम गराउन बाध्य पारिएको थियो ।

दिल्ली पुलिस र गैर–सरकारी संस्था ‘मानवता सशक्तिकरण’ को एक अभियान पछि अगस्त २०२२ मा उनलाई रिहा गरिएको थियो ।

अफरोजा त्यसबेलादेखि एनजीओको हेरचाहमा बस्दै आएकी छिन् र उज्वेकिस्तानबाट उनलाई दिल्ली ल्याएका मानव तस्करहरू विरुद्ध कानुनी लडाइँ लडिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

अफरोजालाई घर नम्बर याद थिएन । तर आफ्नो स्मरणशक्तिलाई प्रेसर दिएर कैयौँ गल्लीहरू पार गर्दै, पटक पटक बाटो बिराएपनि अन्तत उनी दिल्लीको नेब सराई क्षेत्रको त्यो अग्लो भवनको नजिक उभिन्छिन् । जहाँ उनलाई पहिलो पटक नेपालबाट ल्याएर राखिएको थियो ।

उनको आँखाभरी आँशु थियो, सास भारी थियो । केही बेरमै आँशु क्रोधमा परिणत भयो । उनी छिटो छिटो पाइला सार्दै सीढीँ चढिन र फ्ल्याटको ढोका बाहिर उभिइन । जहाँ उनलाई यातना दिइएको थियो ।

अफरोजा भन्छिन–‘जब मलाई यहाँ ल्याइयो, त्यहाँ पाँच जना केटीहरू पहिलेदेखिनै थिए । उज्वेकिस्तानबाट मलाई पहिले दुबई, त्यहाँबाट नेपाल र त्यसपछि सडकबाटो हुँदै दिल्ली लगियो । म एकदमै थाकेको थिएँ । दुई दिन आराम गर्न दिइयो ।’

उनी थप्छिन्–‘ त्यसपछि उनीहरुले शपिङ्ग गर्न लगे, उपहार स्वरुप छोटा कपडा दिए । दुई दिनपछि जबरजस्ती यौन कार्य गर्न लगाइयो । अस्वीकार गरेपछि कुटपिट समेत गरियो ।’

सेक्स वर्क के लिए मना करने पर तहमीना को बुरी तरह पीटा गया और इसका वीडियो भी बनाया  गया.
यौन कार्य गर्न नमानेको भन्दै तेहमिनालाई नराम्ररी कुटपिट गरिएको थियो र त्यसको भिडियो पनि बनाइएको थियो ।

उनी भावुक हुँदै भन्छिन्– ‘दिल्ली पुगेपछि सुरुका दुई दिन मात्र आराम गरें । त्यसपछि मलाई एक दिन पनि शान्तिपूर्वक बस्न दिइएन । कहिले कुन फ्ल्याटमा राखे त कहिले कुन होटलमा ।’

हरेक वर्ष मानव तस्करहरूले मध्य एसियाका सयौं युवतीहरूलाई रोजगारीको बहानामा नेपालको बाटो हुँदै भारत ल्याएर जबरजस्ती यौन व्यवसायमा लगाउँछन् । धेरै युवतिहरुलाई मेडिकल भिसा र पर्यटक भिसामा पनि ल्याइएको छ ।

अदालतमा दिएको बयानका अनुसार अफरोजालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी दुबईमा जागिरको प्रस्ताव गरिएको थियो । मानव तस्करहरुलाई उनको बिरामी आमा र परिवारको कमजोर आर्थिक अवस्था बारे थाहा थियो ।

अफरोजा भन्छिन,–‘मैले दुबईमा जागिरको प्रस्ताव स्वीकार गरें । दिल्ली नपुगेसम्म मलाई यो कामको लागि ल्याइएको हो भन्ने थाहा थिएन । यदि यसबारे अलिकति पनि अनुभूति पाएको भए, म कहिल्यै आउने थिइनँ ।’

सेक्स ओर्कका गैरकानूनी धन्दा अफरोजाजस्ता शोषित महिलाको ‘नियमित आपूर्ति’ र शोषण गर्ने दलाल र मानव तस्करहरूको संगठित सञ्जालले गर्दै आएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्ने हेमन्त शर्मा प्रश्न उठाउँछन्,–‘अवैध रूपमा भारत प्रवेश गर्ने र भिसा सकिएपछि पनि बस्नेहरू प्रहरी र अनुसन्धान निकायको नजरबाट कसरी टाढा रहन्छन् भन्ने ठूलो प्रश्न हो ?’

मध्य एसियाबाट बेचबिखनमा परेका युवतीहरू सबैभन्दा ठुलो चुनौति भनेको न त उनीहरुलाई भारतको स्थानीय भाषा बोल्न आउँछ नत कसैलाई चिनेका हुन्छन् ।

बीबीसीले मानव बेचबिखनको शिकार भएका युवतिहरुसँग सोधपुछ गर्दा तस्करले आफ्नो राहदानी खोसेको र जेल पठाउने धम्की दिएको उनीहरुले दाबी गरे ।

अगस्ट २०२२ मा दिल्ली पुलिसको कारबाही पछि अफरोजालाई भारत ल्याउने कथित मानव तस्कर अजिजा शेर फरार भईन । लामो अपरेशनपछि दिल्ली प्रहरीले तुर्कमेनिस्तानकी अजिजा शेर र उनका अफगानिस्तान मूलका श्रीमान शेरगेट अफगानलाई गोवाबाट पक्राउ गर्यो । प्रहरी अनुसन्धानमा अजिजाको अन्य धेरै नाममा बनेको भारतीय परिचयपत्र र बैंक खाता समेर रहेको तथ्य बाहिर आएको छ ।

पूर्वी दिल्लीको डीसीपी अमृता गुलिगोथ भन्छिन्–‘अजिजा एक घोषित अपराधी हो, दिल्ली पुलिसले उनलाई पक्राउ गर्न एक वर्षदेखि प्रयास गरिरहेको थियो । हाम्रो टोलीले प्राविधिक निगरानी र मानव खुफिया मार्फत गोवामा उनको उपस्थितिको बारेमा जानकारी प्राप्त गर्यो । उनलाई एक अपरेशन पछि पक्राउ गरिएको थियो।’

यस अभियानमा संलग्न मयुर विहार थानाका सहायक एसएचओ प्रमोद कुमार र उनको टोलीले २०० भन्दा बढी फोन नम्बर ट्र्या क गरेर अन्ततः अजिजा शेरसम्म पुगे । मानव तस्करलाई पक्रन प्रहरीले ह्यूमन इंटेलिजेंस अर्थात गुप्तचर नेटवर्कको सहारा लिनुपरेको थियो ।

घर
अफरोजालाई नेपालबाट ल्याएर यही भवनको फ्ल्याटमा राखिएको थियो ।

अफरोजा अजिजाको एकमात्र शिकार होइन । उनीजस्ता कैयौँ युवतिहरुलाई अजिजाको चंगुलबाट बचाइयो । जसमध्ये तेहमिना पनि एक हुन् । सन २०२० मा दिल्ली आएकी तेहमिनालाई पनि जागिरको प्रलोभनमा बोलाइएको थियो । तर उनीलाई पनि यौन कार्यमा पनि धकेलिएको थियो । तेहमिनाको भिडियो पनि दिल्ली पुलिसको अनुसन्धानको हिस्सा हो ।

उक्त भिडियोमा उनलाई नराम्ररी कुटपिट गरिएको छ । यो भिडियो सन २०२२ अगस्ट अघिको हो र प्रहरी अनुसन्धानका क्रममा सार्वजनिक भएको हो ।

यस भिडियोको पुष्टि गर्दै तेहमिना भन्छिन् ‘म नराम्ररी बोस अजिजाको चंगुलमा फसेकी थिएँ । एक पटक एक राम्रो ग्राहक आयो र मैले उहाँलाई यो चंगुलबाट बाहिर निकाल्न अनुरोध गरें । उहाँ मद्दतका लागि अजिजा शेर कहाँ पुग्नुभएको रहेछ । त्यसपछि मलाई नराम्ररी कुटपिट गरियो र भिडियो पनि बनाइयो । उक्त भिडियो अरू केटीहरूलाई पनि देखाइयो ताकि तिनीहरू डराऊन ।’

आजकल तेहमिना विरुद्ध गुरुग्राम अदालतमा विदेशी कानून (भिसा बिना भारतमा बसेको) अन्तर्गत मुद्दा दर्ता भएको छ । आफूलाई भारतमै अलपत्र पर्नका लागि दलालले आफूविरुद्ध मुद्दा दायर गरेको उनको दाबी छ । अजिजा शेर पक्राउपछि तेहमिनालाई केही राहत मिलेको छ । यसअघि उनी सधैं डरले बाँच्ने गर्दथिन ।

तेहमिना भन्छिन्–‘अजिजा शेरले मलाई यति सम्म डराएको थियो कि म अझै डरमा छु । मलाई कुटेर भिडियो भाइरल बनायो । मलाई सधैं ऋणमा राख्यो ।’

यौन कार्यका कारण तेहमिनाको स्वास्थ्य अवस्था बिग्रिएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको थियो । उनलाई एक्दै अस्पतालमा छाडिएको थियो र पूर्ण रूपमा निको नहुँदै पुनः काम गर्न बाध्य पारिएको थियो ।

तेहमिना र अफरोजाजस्ता युवतिलाई कहिलेकाहीं एक दिनमा ६ देखि ९ जना ग्राहकसंग यौन सम्बन्ध राख्न बाद्य बनाइन्थ्यो ।
बीबीसीले तस्कर र दलालहरूको डायरीका पानाहरू देखेको छ जुन आरोप पत्रको अंश हो । यसमा यी युवतीहरूले गरेको काम र दैनिक लाखौं कमाइको हिसाब पनि राखिएको छ ।

उक्त कमाइको हिस्सा युवतिहरुलाई दिइदैन, उल्टै उनीहरुमाथि फर्जि ऋण लगाइन्छ ।अफरोजा भन्छिन–‘मेरी आमा बिरामी हुनुहुन्थ्यो, मलाई पैसाको ठूलो खाँचो थियो, तर मलाई एक रुपैयाँ पनि दिइएन । म ९ महिनासम्म बोसको नियन्त्रणमा रहेँ । यस अवधिमा मलाई कुनै पैसा दिइएन । पैसा माग्दा अझै तिमी ऋण मै छौ भन्थे ।’

अफरोजाले सन् २०२२ को अगस्टमा भागेर उज्वेकिस्तानको दूतावास पुगेर सहयोग खोज्ने प्रयास गरेकी थिइन । उनले सहयोग लिन नपाउँदै दूतावास बाहिरबाट तस्करले बन्दुक देखाएर उठाएर लगे । दिल्लीको चाणक्यपुरी थानाको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

ब्लेडले काटेको र चुरोटले जलाएको आफ्नो शरीरमा दाग देखाउँदै अफरोजा भन्छिन, ‘जब पैसा माग्थेँ यस्ता निशान बनाइदिन्थे ।

मानव तस्करहरूले अफरोजालाई नेपालको बाटो हुँदै दिल्ली ल्याउनुपुर्व नै तेहमिना उनीहरूको कब्जामा थिइन । तेहमिना भन्छिन् ‘मेरो बोसले जागिर दिने वाचामा विभिन्न ठाउँमा युवतिहरुलाई सम्पर्क गर्थे । मैले चाहेर पनि अफरोजाजस्ता पीडित युवतिहरुलाई चेतावनी दिन सकिँन किनभने मसँग त्यसो गर्ने कुनै उपाय थिएन। हामीजस्ता पुराना केटीहरूलाई नयाँ केटीहरूबाट टाढा राखिएको थियो ।’

बीबीसीले दिल्लीका ती क्षेत्रहरूको पनि भ्रमण गर्यो जहाँ यी केटीहरूलाई यौन कार्य गर्न बाध्य पारिएको थियो । प्रहरीको कारबाहीपछि गतिविधिमा कमी आए पनि अझै जारी छ ।

पूर्वी दिल्ली की डीसीपी अमृता गुलुगोथ कहती हैं, जब तक ये नेटवर्क टूट नहीं जाएगा, पुलिस की कार्रवाई जारी रहेगी

अमृता गुलिगोथ, डीसीपी / पूर्वी दिल्ली

पूर्वी दिल्लीकी डीसीपी अमृता गुलिगोथ भन्छिन,–‘यी मानव तस्करहरू पक्राउ भएपछि, जागिरको नाममा केटीहरूलाई भारत ल्याएर उनीहरूको राहदानी खोसेर उनीहरूलाई वेश्यावृत्तिमा लगाउने यो सञ्जालको एउटा कडी पक्कै टुटेको छ।’
‘यसले विदेशबाट केटीहरू ल्याउने र उनीहरूलाई यौन कार्यमा लगाउने कामलाई निश्चित रूपमा असर गर्नेछ।’

यससँगै मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूले अझै धेरै चुनौतीहरू रहेको विश्वास गर्छन् । हेमन्त शर्मा भन्छन, ‘पहिलो चुनौती भनेको नेपाल सीमा हो जहाँबाट केटीहरू भारत प्रवेश गर्छन । यी युवतीहरू बिना भिसा विहार हुँदै दिल्ली प्रवेश गर्छन । त्यसपछि दिल्ली र अन्य ठूला सहरहरूमा यौन कार्य गर्न लगाइन्छ, प्रश्न यो छ कि यो सबै पुलिसको नजरबाट कसरी टाढा रहन्छ?’

हेमन्त शर्मा भन्छन, ‘दोस्रो चुनौती यी युवतीको पुनस्र्थापना हो । यसअघि विदेशी ऐन अन्तर्गत केटीहरूलाई जमानत दिइएको थियो र त्यहाँबाट हिरासत केन्द्रमा पठाइँदैनथ्यो । कानुनी कारबाही पूरा नभएसम्म यी केटीहरू भारतमा के गर्ने, कहाँ बस्ने र कसरी आफ्नो खर्च व्यहोर्ने भन्ने सोच्नुपर्ने छ ।

तेहमिना आफ्नो देश फर्कन दिन पर्खिरहेकी छिन, तर उनीविरुद्ध गुरुग्राम अदालतमा विदेशी कानून अन्तर्गत मुद्दा चलिरहेको छ । आफूलाई फँसाउनका लागि यो मुद्दा दायर गरिएको उनी बताउँछिन । जबकी अफरोजा पक्राउ मानव तस्कर मुद्दाको साक्षी हुन् ।

मानव तस्करी के ख़िलाफ़ काम कर रहे हेमंत शर्मा का कहना है कि इस नेटवर्क को तोड़ने के लिए अभी भी बहुत कुछ किया जाना बाक़ी है
हेमंत शर्मा

वास्तवमा मानव बेचबिखनका सिकार भएका अधिकांश युवतीहरु विदेशी ऐन अन्तर्गत मुद्दामा संलग्न रहेका छन भने बेचबिखनका सिकार भएकाले उनीहरुलाई देश छाड्न भने रोक लगाइएको छैन । तर विदेशी ऐन अन्तर्गत अभियुक्त बनेकाले उनीहरुलाई देश छाड्न भने रोकिएको छैन । मुद्दाको अन्त्यसम्म देश छाड्न अनुमति दिइयो, कानुनी तवरले भारत छोड्न पाइँदैन । पीडितले अन्तिम बयान नआएसम्म देश छाड्न नपाउने पनि बाध्यता छ ।

यसै क्रममा यस मामिलामा अभियुक्तसँग सम्बन्धित वकिल जुबैर हाशमीले पीडितले चाहेको बेला आफ्नो देश फर्किन सक्ने दाबी गरेका छन ।

जुबैर हाशमी भन्छन– ‘यी घटनामा पीडितले आफ्नो देश नफर्काउन अदालतमा निवेदन दिएका छैनन् । तिनीहरूलाई रोकिएको छैन।’

तर, हेमन्त शर्मा भन्छन्–‘आरोपीलाई कारबाही गर्न पीडितको गवाही महत्त्वपूर्ण हुन्छ । अभियुक्तका वकिलहरूले यो गवाही स्थगित गर्ने प्रयास गरिरहन्छन, जसले गर्दा उनीहरू यस कानुनी लडाइमा निराश हुन्छ ।

तर अफरोजा र तेहमिना आफ्नो देश फर्किने प्रतिक्षामा छन । तेहमिना भन्छिन, ‘मेरो देश पुगेपछि सबैभन्दा पहिले आफ्नो देशको माटोलाई चुम्बन गर्ने र कहिल्यै देश नछोड्ने कसम गर्छु ।’ अफरोजा भन्छिन– ‘म आमालाई अँगालो हालेर धेरै बेर रुनेछु । हरेक दिन उहाँलाई मिस गर्छु । मेरो जीवनको सबैभन्दा ठूलो इच्छा आमालाई अँगालो हाल्नु हो।’

मध्य एसियाबाट कति केटी भारतमा बेचबिखन भएका छन भन्ने ठोस तथ्यांक छैन । तर कार्यकर्ता विश्वास गर्छन कि यो संख्या हजारौंमा हुन सक्छ ।
(यौन कार्यमा जबरजस्ती लगाइने युवतीहरूको नाम उनीहरूको पहिचान जोगाउन परिवर्तन गरिएको छ।) बीबीसीहिन्दीबाट साभार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्पेशल स्टोरी