
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर २५ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् ।
काठमाडौंमा एक र कैलालीको धनगढीमा आठ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित एक पुनस्थापना केन्द्रमा, इमाडोलमा र काठमाडौंको टोखा क्षेत्रमा गरी काठमाडौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भइरहेको महाशाखाले जनाएको छ ।
२ वर्षअघि हैजाबाट संक्रमित हुनेको संख्या ७७ जना पुष्टि भएको थियो । गत वर्ष हैजाको संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका–११, १२ र १३ मा हैजाको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
