
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर २५ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् ।
काठमाडौंमा एक र कैलालीको धनगढीमा आठ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित एक पुनस्थापना केन्द्रमा, इमाडोलमा र काठमाडौंको टोखा क्षेत्रमा गरी काठमाडौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भइरहेको महाशाखाले जनाएको छ ।
२ वर्षअघि हैजाबाट संक्रमित हुनेको संख्या ७७ जना पुष्टि भएको थियो । गत वर्ष हैजाको संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका–११, १२ र १३ मा हैजाको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

