
नेपाल हेल्थ न्युज, बीरगंज । चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा फेरि ३ दिनका लागि जाडो बिदा थप गरिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा फेरि आज (बुधबार) देखि ३ दिनका लागि जाडो बिदा थप गरेको हो ।
महानगरपालिकाले वर्षे बिदामा कट्टा हुने गरी आज माघ २ गते बुधबारदेखि माघ ४ गते शुक्रबार सम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको छ । अब महानगरका विद्यालयहरू माघ ६ गते आइतबारदेखि नियमित सञ्चालनमा आउने महानगरपालिकाका शिक्षा समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिनुभयो ।
यसअघि महानगरपालिकाले गत पुस २४ देखि पुस २६ गतेसम्मका लागि विद्यालयहरूमा जाडो बिदा दिएको थियो ।
वीरगन्ज सहित तराई–मधेसमा माघ १ गते देखि फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।रेडियोनेपाल
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

