नेपाल हेल्थ न्युज वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले निकास दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पोखरेलको संयुक्त इजलासले सहरी विकास तथा भवन निर्माण विभागको पक्षमा २७ माघ २०८१ मा फैसला गर्दै भवन निर्माणको नयाँ प्रक्रिया थाल्न बाटो खोलिदिएपछि वीरगन्जवासीले खुशीयालीमा घण्टाघरमा दीप प्रज्वलन गरेका छन्।
नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक समाजका अगुवा,राजनीतिक दलका नेताकार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका व्यक्ति दीप प्रज्वलन कार्यक्रममा सहभागी रहेका थिए ।
नारायणी अस्पतालमा सरकारले पाँच वर्ष पहिले नै ५ सय शय्याको भवन निर्माण गर्ने भनेर आवश्यक बजेट निकास गरे पनि सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनी बीचको विवादका कारण उक्त मुद्दा सर्वोच्च अदालतमा अड्किएर बसेको थियो।
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



