औषधि उद्योगमा के–कस्ता चुनौती देख्नुभएको छ ?
हाल देशमा रहेका धेरै औषधि कम्पनी बैंकको ऋण तिर्नेदेखि प्रोडक्टको रेञ्ज थप्न नसक्ने अवस्थामा पुगेका छन् । लगानीअनुसार प्रतिफल (रिटर्न) आएको छैन । औषधिलाईबिक्री वितरण गर्नुपुर्व विभिन्न चरणहरू जस्तैः फरमुलेशन एन्ड डेभलपमेन्ट, औषधि व्यवस्था विभागको निरीक्षण, उत्पादनको वजारीकरणको स्वीकृतीआदि चरणहरू पार गर्नुपर्ने हुन्छ । बिक्री वितरण तथा बजारीकरण विधि समेत यस उद्योगको आफ्नै विशेषता छ । युनिक मोलिक्युल ल्याउँदा पनि बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । उद्योगहरूबीच तीब्र प्रतिस्पर्धाको अवस्था छ ।
तपाईंको कम्पनीको विशेषता के हो?
नेपाल रिमेडिज हर्मोनल औषधिहरुलाई प्राथमिकता दिई औषधि उत्पादन गर्ने कम्पनी हो । नेपालमा डाइड्रोजेस्टेरोन मोलिक्युल उत्पादन गर्ने हामी एक मात्र नेपाली उत्पादक हौँ । हामीले डाइड्रोजेस्टेरोन हर्मोनलाई डाइड्रोकेयर (Dydrocare) ब्रान्डमा उत्पादन तथा बजारिकरण गरिरहेका छौँ । आईभीएफ, रिप्रोडक्टिभ हेल्थ, स्त्रीरोगसँग सम्बन्धित समस्यामा प्रोजेस्ट्रटिन मेडिसिन उच्चतम उपाचार विधि हो । हाम्रो औषधिको गुणस्तर र नतिजा राम्रो छ । डाक्टर र बिरामीको विश्वास जित्न सफल भएका छौं ।यस कम्पनीले हर्मोनल सेक्टरमा सबैभन्दा चाँडो गुड म्यानुफ्याक्चरिङ सर्टिफिकेट (GMP) प्राप्त गरेको छ । हामी कम्पनीलाई नेपालको नम्बर वान हर्मोनल औषधि उत्पादक कम्पनीको रूपमा चिनाउने कोसिसमा छौं । साथै, हामीले चर्म रोग, हाडजोर्नी, ग्याँष्ट्राइटिस, एन्टिबायोटिक, सिटामोलका साथै अन्य रोगसँग सम्बन्धित औषधि पनि उत्पादन गर्दै आएका छौँ ।
नेपालमा डाइड्रोजेस्टेरोन मोलिक्युल उत्पादन गर्ने हामी एक मात्र नेपाली उत्पादक हौँ । हामीले डाइड्रोजेस्टेरोन हर्मोनलाई डाइड्रोकेयर (Dydrocare) ब्रान्डमा उत्पादन तथा बजारिकरण गरिरहेका छौँ । आईभीएफ, रिप्रोडक्टिभ हेल्थ, स्त्रीरोगसँग सम्बन्धित समस्यामा प्रोजेस्ट्रटिन मेडिसिन उच्चतम उपाचार विधि हो । हाम्रो औषधिको गुणस्तर र नतिजा राम्रो छ । डाक्टर र बिरामीको विश्वास जित्न सफल भएका छौं ।
उपभोक्ताले के कस्ता हर्मोनल प्रोडक्ट प्राप्त गर्न सक्छन्?
निःसन्तान उपचार तथा क्यान्सरका बिरामीलाई समेत आवश्यक पर्ने औषधि लेट्रोजोल ‘फेम्प’ उत्पादन गरिरहेका छौँ । दैनिक (Choice Daily) तथा आकस्मिक गर्भ निरोधक चक्की (E-Pill) पनि उत्पादन तथा बजारीकरण गरिरहेका छौँ । आजको दिन सम्म कम्पनीले १४ प्रकारका हर्मोनल औषधि तथा अन्य ३० प्रकारका औषधि बजारमा बिक्रीवितरण गर्दै आएको छ । यस आर्थिक बर्षमा थप ३० औषधि वजारमा बिक्री वितरण गर्ने लक्ष्य लिएका छौँ । डाइड्रोजेस्टेरोन (Dydrocare),, प्रोजेस्टोरन, माइक्रोनाइज प्रोजेस्टोरन (Progymed SR),, ल्याट्रोजल (Famp),, ईस्ट्राडिएल (Edil),, ड्यानाजोल (Dany) जस्ता हर्मोनल औषधिहरु उत्पादन तथा बजारिकरण गरिरहेका छौँ ।
हर्मोनसम्बन्धी स्पेसलाइज्ड औषधि उत्पादन गर्ने भएपछि जस्तोसुकै कम्प्लेक्स औषधी बनाउन सक्नुपर्छ । आफूलाई अब्बल ठहराउनुपर्छ भनेर डाइड्रोजेस्टेरोन औषधि उत्पादन शुरू गर्यौँ । हर्मोनल औषधि स्त्री तथा प्रसुती स्वास्थ्यसँगप्रत्यक्ष जोडिएको हुन्छ । अहिले औषधिको गुणस्तर र विश्वसनीयताबारे चिकित्सकलाई कन्भिन्स गर्न सकेका छौँ । औषधिको पहुँच पुर्याउन न्यून मूल्य कायम गरिएको छ ।
प्रतिस्पर्धी बजारमा कसरी बजारीकरण गर्दै हुनुहुन्छ?
नेपालमा हर्मोनल औषधि उत्पादन गर्ने ४ वटा कम्पनी मात्रै छन् । तीमध्ये नेपाल रिमेडिज लिमिटेडले हर्मोनल औषधिहरूलाई विशेष प्राथमिकता दिई औषधि उत्पादन गर्दै आएको छ । उत्पादनको दायरा विस्तार गरी कम्पनीले अन्य औषधिहरूलाई पनि उच्चतम प्राथमिकता दिई बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
हर्मोनल औषधिको साइड इफेक्ट हुन्छ भन्ने सुनिन्छ । फेरि आकस्मिक गर्भनिरोधक चक्कीलाई ओटिसीको रूपमा पनि लिइन्छ । कुरो के हो ?
नेपाल रिमेडिजले आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीको उत्पादन गर्दै आएको छ । प्रायः हर्मोनललगायतसबै खाले औषधिको साइड इफेक्ट हुन्छ । तर चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ ।
गर्भनिरोधक औषधिलाई विश्व बजारमा ओटिसी औषधिको रूपमा लिइएको हुन्छ । तर, नेपालको नियमअनुसार सम्पूर्ण हर्मोनल औषधिलाई समूह (ख) मा राखी चिकित्सकको सल्लाहबमोजिम मात्र खाने भनेर राखिएको छ । गर्भ निरोधक औषधि सेवन गर्न प्रायजसो सबैले डाक्टरको सिफारिस लिँदैनन् ।
विश्वव्यापी प्रचलन, साइड इफेक्ट, नेपाली समाज र उपभोक्ताको व्यवहार हेरेर नियम बनाउन आवश्यक पर्दछ । हाम्रो विचारमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीलाई आवश्यक मापदण्ड बनाई ओटिसीको रूपमा वर्गिकरण गर्नुपर्दछ । नेपालमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्की कसरी र कुन समयमा सेवन गर्ने भन्ने बारे उपभोक्तामा जनचेतना फैलाउन आवश्यक छ । जनचेतना कार्यक्रमले नेपालको अन्तराष्ट्रिय प्रतिवद्धता FP-2030 लाई समेत पूरा गर्न सहयोग गर्दछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो विचारमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्कीलाई आवश्यक मापदण्ड बनाई ओटिसीको रूपमा वर्गिकरण गर्नुपर्दछ । नेपालमा आकस्मिक र दैनिक खाने गर्भनिरोध चक्की कसरी र कुन समयमा सेवन गर्ने भन्ने बारे उपभोक्तामा जनचेतना फैलाउन आवश्यक छ ।
औषधि उद्योग एक निजी व्यक्तिको मात्र नभई राज्यको समेत सम्पत्ति हो । त्यसैले आफूले अत्पादन गर्ने हरेक उत्पादनको गुणस्तर र जनताप्रति उत्तरदायी हुन जरूरी छ । यस्ता हरेक समस्यालाई राज्यले आफ्नो समस्याको रूपमा लिन आवश्यक छ । नेपालमा चुनौतिपूर्ण अवस्थामा रहेको औषधि उद्योगलाई माथि उकास्न आवश्यक पर्ने नीतिगत निर्णयहरू गर्न सरकारले ढिलो गर्नुहुँदैन । उदाहरणको लागी कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङको मापदण्ड बनाई कानुनी आधार प्रदान गरिनुपर्दछ । अन्त्यमा, नेपाल रिमेडिजको तर्फबाट आफ्नो भनाई राख्न दिनुभएकोमा यहाँको सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

