नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाली औषधि उद्योगको प्रविधि, नवीनता र उत्पादन क्षमताको प्रदर्शन गर्ने उद्देश्यसहित राजधानीमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको प्रदर्शनी नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा भइरहेको हो।
यो एक्स्पो १०औँ संस्करण हो जसले नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक क्षमता प्रदर्शन गर्ने लक्ष्य लिएको छ। ‘फार्मामा नवीनताः भोलिको लागि स्वास्थ्य’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमले गर्नुभएको छ। उद्घाटनअघि बिहान प्रदर्शनी मार्गबाट प्रभातफेरिसमेत आयोजना गरिएको थियो जसमा स्वास्थ्यकर्मी, औषधि उद्योगसँग सम्बन्धित प्रतिनिधि तथा विभिन्न सरोकारवाला सहभागी भएका थिए।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा २०० भन्दा बढी स्टलहरू राखिएको आयोजकले जनाएको छ। तीमध्ये धेरै स्टलहरूमा विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले औषधि उत्पादनका लागि प्रयोग हुने नवीन कच्चा पदार्थ, अत्याधुनिक मेसिनरी तथा प्याकेजिङ सामग्री प्रदर्शन गर्नेछन्।
साथै, स्वदेशी औषधि उद्योगहरूले आफ्ना उत्पादन, प्रविधि र पछिल्ला उपलब्धिहरू पनि प्रदर्शनीमार्फत सार्वजनिक गर्नेछन्। यसले नेपाली औषधि उद्योगको विकास, अन्तर्राष्ट्रिय सहकार्य र नयाँ प्रविधि भित्र्याउने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रवेश निःशुल्क राखिएको छ। प्रदर्शनीले औषधि उद्योग, स्वास्थ्य क्षेत्रका पेशाकर्मी तथा सर्वसाधारणलाई औषधि उत्पादन प्रविधि र उद्योगको विकासक्रमबारे प्रत्यक्ष जानकारी दिने विश्वास गरिएको छ।
अत्यावश्यक औषधिमा आत्मनिर्भरता: नीति सुधार र स्वदेशी उद्योगलाई प्रोत्साहनको माग
मंगलबार, फागुन २६, २०८२
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्न सक्छ: सन्तोष बराल
मंगलबार, फागुन २६, २०८२
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छः प्रज्वलजंग पाण्डे
सोमबार, फागुन २५, २०८२
उद्योगबिना देशको विकास सम्भव छैनः महेश प्रधान
शनिबार, फागुन २३, २०८२
