अहिले गल्ली गल्लीमा प्याथल्यावहरु खुलेका छन् । तर ति सबै प्रयोगशालाहरुले गुणस्तरीय एवं विश्वसनीय सेवा भने दिन सकिरहेका छैनन् । यसर्थ हामीले प्रयोगशालाहरुको अनुगमन तथा नियमन कार्यलाई विशेष प्राथमितकतामा राखेका छौँ । गुणस्तरीय र विश्वसनीय ल्याव रिपोर्टकै लागि प्रयोगशालाहरुको वर्गिकरण गरिएको हो । हुन त गुणस्तरको हिसाबले सानाठूला जुनसुकै प्रयोगशालामा परीक्षण गराएपनि रिपोर्ट दुवैबाट भरपर्दो आउनुपर्छ ।
हाल देशभर दर्ता भएका ३ हजार १ सय भन्दा बढी प्रयोगशाला छन् । दर्ता नभएका ल्यावहरुको संख्या अझै थप हुनसक्छन् । स्थानीय निकाय र प्रदेशले यसबारे विशेष अनुगमन र खोज गर्न जरुरी छ ।
न्यून अनुगमकर्ता
प्रयोगशालाहरुको अनुगमन तथा नियमन त्यति सहज छैन । एउटा संस्थाले मात्र अनुगमन गरेर सम्भव हुँदैन । यहाँ अनुगमन गर्ने एउटा शाखा मात्र छन । जहाँ दुइ जना कर्मचारी छन् । त्यहीपनि तालिका बनाएर काम गरिरहेका छन् । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ‘क’ र ‘ख’ श्रेणीका प्रयोगशालाहरुको मात्र अनुगनम गर्दै आएको छ । ‘ग’ श्रेणीको ल्यावको जिम्मा प्रदेश र ‘घ’ र ‘ङ’ श्रेणीका ल्यावको अनुगमको जिम्मा स्थानीय निकायलाई दिइएको छ । प्रायः साना ल्याबहरु ‘घ’ र ‘ङ’ श्रेणीका हुने भएकाले स्थानीय निकायले सहजै अनुगमन र नियमन गर्न सक्छन् ।
फेन्चाइज लिन आएनन्
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद ८ मा साना ल्याबहरुलाई ठूलो ल्यावको फ्रेन्जाइज भएर सञ्चालन हुनसक्ने सुविधा भएपनि अहिलेसम्म कुनै पनि ल्याव सञ्चालन स्वीकृति लिन आएका छैनन् । साना ल्यावहरु ठूला ल्यावको फ्रेन्चाइज हुँदा गुणस्तर नियन्त्रण गर्न सहज हुन्छ । सानो ल्यावले पनि ठूलो ब्रान्ड नाम पाउँछ । गुणस्तर नियन्त्रणको जिम्मेवारी फ्रेन्चाइज उपलब्ध गराउने ल्यावको पनि हुन्छ ।
विचौलिया विजनेस बन्द गर्न चुनौति
बिरामीहरु रगत दिन आफ्नो घर नजिकैको फार्मेसीमा पुग्छन् । फार्मेसीले पनि रगत तानिदिन्छन् । तर, रगत झिकेर कहाँ पठाउँछन् ? कसैलाई पत्तो समेत हुँदैन । बजारमा कमिसनका लागि काम गर्ने यस्ता बिचौलियाहरु धेरै छन् । विचौलिया विजनेस बन्द गर्न ठूलो चुनौति छ । त्यसैले आफूले दिएको रगत कहाँ गइरहेको छ भन्नेबारे सर्वसाधारणले ख्याल राख्न जरुरी छ ।
बिचौलियाहरुले बिरामीसँग नमुना संकलन गर्छन् । ल्यावहरुसँग बार्गेनिङ गर्छन् । सस्तोमा परीक्षण गर्नेलाई हस्तान्तरण गरिन्छ । सस्तोमा गर्ने बहानामा अस्वस्थ्यकर प्रतिस्पर्धा सुरु हुन्छ । विचौलियाको आर्थिक चलखेलले सर्वसाधारण र लगानीकर्ता दुवै मर्कामा परेका छन् ।
नमूना बाहिर पठाउनुपर्ने बाध्यता
नमुना परीक्षणका लागि वर्षेनी करोडौं रुपियाँ बाहिरिने गरेको छ । यसले देशको क्षमता विकास हुन सक्दैन । नेपालमा ल्याबमा जति नै धेरै लगानी गरेपनि व्यापार बढ्न सक्ने स्थिति हुँदैन । नमुनाको अभावले रिएजेन्टहरु यत्तिकै म्याद गुज्रिने स्थिति छ । तसर्थ ‘क’ श्रेणीका ल्यावलाई कडा गर्नुको कारण पनि यही हो ।
अहिले ‘क’ श्रेणीका ल्यावलाई फ्लोसाइटोमेन्ट्री र मोलिकुलर सेवा दिन अनिवार्य गरिएको छ । यसले व्यापार चलाउन करबल लाग्ने र आउटसोर्सिङ कम गर्न सहयोग हुन्छ । यसरी आफ्नो ल्यावको नमुना देशबाहिर जाने भएपछि गुणस्तर नियन्त्रणमा ध्यान पु-याउँछन् ।
परीक्षण गर्ने कि अनुगमन गर्ने ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका सबै काम दैनिक सकाउनुपर्छ । जनशक्तिजति दैनिक गतिविधिमा डाइभर्ट गर्नुपर्छ । यसले अनुगमनमा वाधा पुगेको छ । भविष्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई परीक्षण गर्ने संस्थाको रुपमा मात्र विकास गरेर लगेमा सहज हुन्छ ।
देशमा ‘क’ वर्गका ल्याव संख्या धेरै हुन जरुरी छैन । परिष्कृत टेष्ट धेरै ठाउँमा भएमा ल्याब टिकाउन गा¥ह«ो पर्छ । नमुना पुग्दैन । त्यसैले अधिकांश ल्याबहरु ‘ख’ श्रेणीका हुँदा केही फरक पर्दैन । नेपालमा नहुने नमुना बाहिर पठाउँदा बिरामीको अनुमति अनिवार्य लिएको हुनुपर्छ । बिरामीको अनुमति बिना आफूखुशी नमुना बाहिर पठाउन पाइँदैन ।
गोजीमा स्याम्पल बोकेर बोर्डर वारपार गर्ने पनि धेरै छन् । टेष्ट गर्छन गर्दैनन्, कहाँ गराउँछन् ? केही अत्तोपत्तो हुँदैन । यसलाई पनि चरणवद्ध रुपमा ठिक गर्दै जानुपर्ने आवश्यकता छ ।
मेडिकल प्रयोगशाला व्यवस्थापन प्रणाली ‘निदान्यो’ स्वदेशी सफ्टवेयर सार्वजनिक
शनिबार, असोज ३, २०८३
डा. सुजन शर्मा स्पेनको बहुराष्ट्रिय कम्पनी बायोसिस्टम्स एस.ए. का प्राविधिक सल्लाहकार नियुक्त
बिहीबार, साउन १४, २०८३
अंकोप्याथोलोजीः क्यान्सरको सही निदान र उपचारका लागि एक महत्वपूर्ण कडी
बुधबार, जेठ २८, २०८२
ल्याव टेष्ट गर्दा सावधान ! यी तरिकाबाट तपाईं ठगिन सक्नुहुन्छ
शनिबार, चैत ३०, २०८१
