नेपाल हेल्थ न्युज, काठमाडौं। भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार भएको छ । भारतकै निकै चर्चित अस्पतालमा गनिने मेदान्तामा उक्त घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालकै एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका हुन् । सार्वजनिक भएको घटना विवरण अनुसार एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् ।
त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् । सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको बताइएको छ ।
मुखमा नली लगाइएका कारण पीडित महिला बोल्न नसके पनि टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि ती कर्मचारी भागेको पीडित पक्षको भनाइ छ । आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छन् ।
उपचारपछि निको भएर ती महिला आफू बसेको रुपमा फर्किइन् र पतिलाई उक्त घटनाबारे बताइन् । दम्पतीकै सहमतिमा उक्त घटनाबारे प्रहरीमा उजुरी गरिएको छ । त्यसलगत्तै प्रहरीले पीडितको मेडिकल टेस्ट गराउनका साथै मंगलबार सरकारी वकिलको कार्यालयमा बयानसमेत गराएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।
अस्पताल प्रशासनले घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा घटना भएको भनिएको समयको सीसीटीभी फुटेज र विभिन्न दस्तावेज प्रहरीलाई उपलब्ध गराइएको उल्लेख छ । एजेन्सी
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
