नेपाल हेल्थ न्युज, गुल्मी —हरेक क्षेत्रमा सबैको क्रियाशीलता, सबल र सक्षम चन्द्रकोट भन्ने नारालाई आत्मसात गर्दै, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले एउटा ऐतिहासिक सफलता हाँसिल गरेको छ। यो गाउँपालिका अब पूर्ण संस्थागत प्रसूति सेवा सुनिश्चितता र पूर्णखोप दिगोपना गाउँपालिकाका रूपमा औपचारिक रूपमा घोषणा भएको छ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी र नागरिकहरूको साझा प्रयासले सम्भव बनेको यो उपलब्धिलाई भव्य समारोहबीच सार्वजनिक गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नुभएको थियो।
संविधानसभा सदस्य सृजना तरामु मगर, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, छिमेकी पालिकाका प्रमुखरउपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति यो पललाई अझ विशेष बनायो।
लक्ष्यमा पुगेको स्वास्थ्य सेवा
गाउँपालिकाका ८ वटै वडाका ८२९ जना लक्ष्यित बालबालिकालाई पूर्ण खोप लगाइएपछि चन्द्रकोटलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो। स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माका अनुसार,
- दिब्रुङ स्वास्थ्य चौकीबाट ४५,
- बिशुखर्क स्वास्थ्य चौकीबाट १०३,
- हर्राचौर स्वास्थ्य चौकीबाट ७१,
- शान्तिपुर स्वास्थ्य चौकीबाट १६८,
- ग्वाघा स्वास्थ्य चौकीबाट ७४,
- हरेवा स्वास्थ्य चौकीबाट ६२,
- रूपाकोट स्वास्थ्य चौकीबाट १०९ र
- तुराङ स्वास्थ्य चौकीबाट १९७ बालबालिकाले खोप लगाएका छन्।
स्वास्थ्य पूर्वाधारको विस्तार
स्वास्थ्य सेवा गाउँस्तरसम्म पु¥याउन, चन्द्रकोटले अहिले आठवटा स्वास्थ्य चौकी, छवटा बर्थिङ्ग सेन्टर, पाँचवटा ल्याब सेवा र नौवटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ। १०० प्रतिशत महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गरिसकेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले भने, चन्द्रकोट गाउँपालिका सधैं नागरिकको स्वास्थ्य र समृद्धिको लागि प्रतिबद्ध छ।
साझा प्रतिबद्धता
कार्यक्रमको अन्त्यमा, सबै सहभागीहरूले पूर्ण संस्थागत प्रसूति सेवा प्राप्त र पूर्णखोप दिगोपना पालिका घोषणालाई साझा प्रतिबद्धता स्वरूप व्यानरमा हस्ताक्षर गरेका थिए — जुन चन्द्रकोटको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक कोसेढुंगा सावित भएको छ।
चन्द्रकोटको सफलताको कथा केवल स्थानीय तहमा सीमित छैन । यो नेपालकै गाउँपालिकाहरूका लागि एक प्रेरणाको स्रोत बन्न सक्नेछ — जहाँ नागरिक र सरकार सँगसँगै अगाडि बढ्न सक्छन्, स्वस्थ भविष्यतर्फ।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
