नेपाल हेल्थ न्यज, काठमााडौं । भक्तपुर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी र जनमैत्री बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले विगतमा छुट्टाछुट्टै निकायमार्फत सञ्चालन हुँदै आएका स्वास्थ्यसम्बन्धी सहायता तथा राहत कार्यक्रमहरूलाई एकीकृत प्रणालीभित्र ल्याएर व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै उहाँले शिक्षा, स्वास्थ्य, यातायात र सुरक्षा जस्ता सेवा क्षेत्रमा सरकारको प्रत्यक्ष जिम्मेवारी सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री पौडेलले स्वास्थ्य सेवामा सुधार ल्याउन संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले थप्नुभयो, राजनीतिक दलहरूले आफ्ना नीति दस्तावेजमा निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाए पनि त्यसको प्रभाव नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सकेका छैनन्।
स्वास्थ्य क्षेत्रमा गरिएको खर्चलाई लगानीका रूपमा हेर्नुपर्ने धारणा राख्दै, उहाँले सबै पक्षबीच समन्वयमार्फत दीर्घकालीन सुधारका उपायहरू अपनाउनुपर्ने बताउनुभयो।
त्यसै अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको सेवा विस्तारका लागि संघ तथा प्रदेश सरकारसँग सहकार्य भइरहेको बताउनुभयो।
कार्यकारी निर्देशक डा. डि.के. रोशनले अस्पतालमा दैनिक १,००० भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको जानकारी दिँदै, यस संस्थालाई देशकै उत्कृष्ट अस्पताल बनाउन प्रयत्न जारी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा अन्य वक्ताहरू—पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा माओवादीका नेता दिलीप प्रजापति, तथा समिति सदस्य हरीदास प्रजापतिले पनि अस्पतालका विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
