नेपाल हेल्थ न्यूज, काठमाडौं – विश्वका प्रमुख आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्साइट लाइभ, नेपाल’ आजदेखि काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस सम्मेलनको आयोजना इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) ले गरेको हो।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली ले गर्नुभएको थियो। उहाँले नेपाल सरकारले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्न नयाँ राष्ट्रिय रणनीति कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सम्मेलनमा करिब ५०० जना प्रतिनिधि सहभागी छन्, जसमा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था, अस्पताल, शैक्षिक संस्था तथा व्यावसायिक संघका प्रतिनिधिहरू समावेश छन्। आइएपिबी दक्षिण पूर्वी एसिया क्षेत्रका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा झन्डै एक सय देशका सहभागिता रहनेछ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रका अनुसार सम्मेलनमा सन् २०३० सम्मका लागि आँखा स्वास्थ्य नीतिहरूमा केन्द्रित छलफल हुनेछ। संघका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवा अन्तर्राष्ट्रियकरण गर्न र पर्यटन प्रवर्द्धनमा पनि सघाउने विश्वास व्यक्त गर्नुभयो।
हाल नेपाल नेत्रज्योति संघअन्तर्गत २८ आँखा अस्पताल, १६० उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्चालनमा छन्। संघले स्थापना कालदेखि हालसम्म ४ करोड ३६ लाखभन्दा बढी बिरामीको उपचार तथा ५१ लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरिसकेको जनाएको छ।
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
