नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताउनुभयो ।
अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उहाँले आग्रह गर्नुभयो ।
थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै हुनुहुन्छ । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।
डा. केसीका अधिकांश माग कार्यान्वयन भएको मन्त्रालयको दाबी, सत्याग्रह अन्त्य गर्न आग्रह
मंगलबार, कात्तिक १७, २०८३
डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना
सोमबार, कात्तिक १६, २०८३
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै
सोमबार, कात्तिक १६, २०८३
स्वास्थ्यमा समस्या बढेपछि डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै
सोमबार, कात्तिक १६, २०८३
