नेपल हेल्थ न्युज, काठमाडौं । सरकारले नियमित खोप कार्यक्रमबाट छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै यही वैशाख ३१ गते विशेष खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, उक्त दिन विगतमा विभिन्न कारणले खोप छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप प्रदान गरिनेछ। “पाँच वर्षभन्दा कम उमेरका जुन बालबालिकाले पहिले खोप पाएका छैनन्, उनीहरूलाई खोप दिने उद्देश्यले विशेष अभियान सञ्चालन गर्न लागिएको हो,” डा. गौतमले जानकारी दिनुभयो।
हाल देशभर झण्डै ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको छ भने बाँकी पाँच प्रतिशत बालबालिकालाई पहिचान गरी खोप सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकहरूलाई आफ्नो बालबालिका नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन आग्रह गरेको छ, ताकि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुन्।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
