नेपल हेल्थ न्युज, काठमाडौं । सरकारले नियमित खोप कार्यक्रमबाट छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै यही वैशाख ३१ गते विशेष खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, उक्त दिन विगतमा विभिन्न कारणले खोप छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप प्रदान गरिनेछ। “पाँच वर्षभन्दा कम उमेरका जुन बालबालिकाले पहिले खोप पाएका छैनन्, उनीहरूलाई खोप दिने उद्देश्यले विशेष अभियान सञ्चालन गर्न लागिएको हो,” डा. गौतमले जानकारी दिनुभयो।
हाल देशभर झण्डै ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको छ भने बाँकी पाँच प्रतिशत बालबालिकालाई पहिचान गरी खोप सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकहरूलाई आफ्नो बालबालिका नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन आग्रह गरेको छ, ताकि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
