नेपाल हेल्थ न्युज, बैतडी । सुर्नया गाउँपालिका–५, पपितामा निर्माण भइरहेको १० श्ययाको अस्पतालको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। हालसम्म निर्माण कार्यको करिब ७० प्रतिशत प्रगति भइसकेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार अस्पतालको ‘ए’ ब्लकमा तेस्रो तल्लाको छत ढलान सम्पन्न भइसकेको छ भने ‘बी’ ब्लकको निर्माण कार्य जारी रहेको छ। हामीले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छौँ, अध्यक्ष कुँवरले भन्नुभयो, निर्माण कार्यले गति लिएको छ र चाँडै सम्पन्न हुने विश्वास लिएका छौँ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको एक पालिका, एक अस्पताल’ योजनाअन्तर्गत निर्माण भइरहेको यो अस्पतालको ठेक्का विसं २०७८ मा रु १४ करोडमा सीएमएसके शिवलिङ जेभीसँग गरिएको हो। सुरुआतमा दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि निर्धारित समयसीमा नपुगेपछि अब आगामी असार मसान्तसम्म सक्ने योजना बनाइएको छ।
गाउँपालिकाका सबइञ्जिनियर शेरबहादुर विष्टका अनुसार बाँकी कामहरू योजनाअनुसार अघि बढिरहेको छ। अध्यक्ष कुँवरले गाउँमै प्रभावकारी र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै अस्पताल सञ्चालनपछि स्थानीयवासीलाई उपचारका लागि बाहिर जानु नपर्ने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो।
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
