नेपाल हेल्थ न्युज, काठमाडौं, नेपालमा पछिल्लो समय कुष्ठरोगको नयाँ केसहरू विश्लेषण गर्दा सबैभन्दा धेरै प्रभावित क्षेत्र मधेश प्रदेश देखिएको छ। बिहीबार राजधानीमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो जानकारी दिनुभको हो ।
डा. देवकोटाका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा कूल २,४७२ जना नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका छन्। तीमध्ये १,०४२ जना महिला रहेका छन् भने १४ वर्ष मुनिका बालबालिकाको संख्या १३६ छ।
रोगको प्रकोप दर हेर्ने हो भने राष्ट्रिय औसत अनुसार प्रति १० हजार जनसङ्ख्यामा ०.९२ जना कुष्ठरोगी देखिएका छन्, जुन १ प्रतिशतभन्दा तल हो। तर, जिल्लागत विवरण अनुसार ७७ जिल्लामध्ये १८ जिल्लामा प्रकोप दर १ प्रतिशतभन्दा माथि रहेको छ। ११ जिल्लामा कुनै नयाँ बिरामी देखिएको छैन।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै केसहरू फेला परेका छन्, जुन कूल केसको एक तिहाइभन्दा बढी हो। यसपछि लुम्बिनी प्रदेशमा दोस्रो धेरै बिरामीहरू छन्, जहाँ कूल केसको करिब एक चौथाइभन्दा बढी हिस्सा पर्दछ। तेस्रो स्थानमा कोशी प्रदेश रहेको सचिव देवकोटाले बताउनुभयो।
उहाँले भन्नुभयो, “कुष्ठरोग नियन्त्रण गर्नका लागि प्रकोप दर एकभन्दा कम हुनैपर्छ। यसका लागि प्रारम्भिक पहिचान र समयमै उपचारको पहुँच अत्यन्तै जरुरी छ।” उहाँका अनुसार हाल सबै नयाँ बिरामीहरू उपचारमा छन्।
नेपालमा कुष्ठरोग नियन्त्रणतर्फ केही प्रगति देखिए पनि केही विशेष क्षेत्रहरूमा अझै रोगको भार उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
