नेपाल हेल्थ न्युज, काठमाडौं, नेपालमा पछिल्लो समय कुष्ठरोगको नयाँ केसहरू विश्लेषण गर्दा सबैभन्दा धेरै प्रभावित क्षेत्र मधेश प्रदेश देखिएको छ। बिहीबार राजधानीमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो जानकारी दिनुभको हो ।
डा. देवकोटाका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा कूल २,४७२ जना नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका छन्। तीमध्ये १,०४२ जना महिला रहेका छन् भने १४ वर्ष मुनिका बालबालिकाको संख्या १३६ छ।
रोगको प्रकोप दर हेर्ने हो भने राष्ट्रिय औसत अनुसार प्रति १० हजार जनसङ्ख्यामा ०.९२ जना कुष्ठरोगी देखिएका छन्, जुन १ प्रतिशतभन्दा तल हो। तर, जिल्लागत विवरण अनुसार ७७ जिल्लामध्ये १८ जिल्लामा प्रकोप दर १ प्रतिशतभन्दा माथि रहेको छ। ११ जिल्लामा कुनै नयाँ बिरामी देखिएको छैन।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै केसहरू फेला परेका छन्, जुन कूल केसको एक तिहाइभन्दा बढी हो। यसपछि लुम्बिनी प्रदेशमा दोस्रो धेरै बिरामीहरू छन्, जहाँ कूल केसको करिब एक चौथाइभन्दा बढी हिस्सा पर्दछ। तेस्रो स्थानमा कोशी प्रदेश रहेको सचिव देवकोटाले बताउनुभयो।
उहाँले भन्नुभयो, “कुष्ठरोग नियन्त्रण गर्नका लागि प्रकोप दर एकभन्दा कम हुनैपर्छ। यसका लागि प्रारम्भिक पहिचान र समयमै उपचारको पहुँच अत्यन्तै जरुरी छ।” उहाँका अनुसार हाल सबै नयाँ बिरामीहरू उपचारमा छन्।
नेपालमा कुष्ठरोग नियन्त्रणतर्फ केही प्रगति देखिए पनि केही विशेष क्षेत्रहरूमा अझै रोगको भार उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
