नेपाल हेल्थ न्युज, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा एक सातादेखि पूर्ण रूपमा बन्द भएको छ। प्रतिष्ठान र एमआरआई मेसिन आपूर्तिकर्ता कम्पनीबीचको आर्थिक विवादका कारण सेवामा अवरोध आएको हो।
लुम्बिनी हेल्थ केयरले तीन वर्षदेखि बाँकी रहेको भुक्तानी नपाएको भन्दै एमआरआई मेसिनको सफ्टवेयर अपडेट नगरेको हो। सफ्टवेयर नवीकरण नहुँदा मेसिन बन्द भएको र सेवा अवरुद्ध भएको प्रतिष्ठानले जानकारी दिएको छ।
बिरामीहरू भने यस सेवाको अभावमा ठूलो कठिनाइमा परेका छन्। उनीहरूलाई अब उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता आएको छ।
आपूर्तिकर्ता कम्पनीका अनुसार, प्रतिष्ठानले करिब दुई करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। एमआरआई मेसिनको कुल मूल्य झण्डै एघार करोड रुपैयाँ रहेको र सम्झौता अनुसार ८० प्रतिशत रकम भन्सार प्रक्रियासँगै तिर्नुपर्ने, बाँकी २० प्रतिशत मेसिन सञ्चालनमा आएपछि बुझाउने भनिए पनि त्यो रकम अहिलेसम्म नआएको कम्पनीले बताएको छ।
लुम्बिनी हेल्थ केयरका प्रतिनिधि पोष्टराज ज्ञवालीका अनुसार, भुक्तानी अभावकै कारण मेसिनको सफ्टवेयर लाइसेन्स अवरुद्ध भएको हो। साथै, प्रतिष्ठानले लक्ष्मी सनराइज बैंकमा एलसी खोलेर मेसिन खरिद गरेको भए पनि बैंकमार्फत रकम आउनुपर्ने प्रक्रिया अगाडि नबढेको पनि उहाँले बताउनुभएको छ।
कम्पनीको दाबी अनुसार, प्रतिष्ठानले बैंकलाई आवश्यक पत्राचार नगरेकाले भुक्तानी प्रक्रिया रोकिएको छ। केही कर्मचारीले बैंकले रकम आफ्नै खातामा राखेर प्रयोग गरिरहेको आशंका पनि व्यक्त गरेका छन् । आर्थिक लेनदेनको अन्योलले स्वास्थ्य सेवामा प्रत्यक्ष असर पारेको देखिएको छ, जसको सबैभन्दा ठूलो मार बिरामीहरूले खेपिरहेका छन्।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
