नेपाल हेल्थ न्युज, काठमाडौं । अब स्वास्थ्य बिमा नवीकरण गर्नका लागि सेवा केन्द्र धाउनुपर्ने झण्झट हट्ने भएको छ। स्वास्थ्य बिमा बोर्डले मोबाइल वालेट तथा आइपिएस (IPS ) जस्ता अनलाइन माध्यमबाट बिमा नवीकरण गर्न मिल्ने सुविधा सुरु गरेको छ।
कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, अब नागरिक एपसँग जोडेर बिमा नवीकरणको प्रक्रिया पूरा गर्न सकिने छ। यस सुविधाले सेवाग्राहीलाई समय, श्रम र खर्चमा बचत हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषदबाट भएको निर्णय अनुसार, अब बिमा दर्ता गरेपछि एक महिनाभित्र सेवा लिन सकिनेछ। पहिले यो समयावधि तीन महिना थियो।
सूचना अधिकारी विकेस मल्लले जानकारी दिएअनुसार, यसअघि अनलाइन नवीकरणको योजना बनिए तापनि व्यवहारमा लागू भएको थिएन। अब भने नागरिकले मोबाइल एपमार्फत सजिलै नवीकरण गर्न सक्नेछन्।
अहिले बिमा नवीकरणको लागि एजेन्टमा भर पर्नुपर्ने अवस्था छ, जसले तत्काल आवश्यकता परेका सेवाग्राहीलाई अप्ठ्यारो पार्थ्यो। अनलाइन सेवा सुरु भएसँगै नवीकरणको पहुँच बढ्ने र दरमा पनि वृद्धि हुने बोर्डको विश्वास छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

