नेपाल हेल्थ न्युज, काठमाडौँ । हालै परेको वर्षाका कारण देशभर डेंगु रोगको जोखिम बढ्ने सम्भावनामा विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले स्थिर पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेले वृद्धि गर्ने भएकाले सावधानी अपनाउनु आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार, “वर्षा पछि पानी थुप्रिन थालेपछि एडिज जातिका लामखुट्टे फुल पार्न थाल्दछन्। तिनीहरूबाट निस्कने लार्भा लगभग १५ देखि २० दिनमै वयस्क बनेर मानिसलाई टोकी संक्रमण फैलाउँछन्।”
डेंगु फैलाउने मुख्य दुई प्रजाति — एडिज एजिप्टी र एडिस एल्बोपिक्टस — घर वरिपरिको सफा देखिने पानीमा समेत फुल पार्ने गर्दछन्। त्यसैले साना भाँडो, टायर, फूलदानी, पानीको ट्यांकीजस्ता ठाउँमा पानी जम्न नदिनु संक्रमण रोकथामको मुख्य उपाय हो।
महाशाखाले विगत वर्ष धेरै प्रभावित भएका ३५ वटा स्थानीय तहलाई संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक निर्देशनसहित पत्राचार गरिसकेको जनाएको छ। चालू वर्षमा पुस १७ यता करिब ९७० भन्दा बढी संक्रमित भेटिइसकेका छन्। सन् २०२४ मा मात्र ७६ जिल्लामा डेंगु फैलिएको थियो, जसमा ४० हजारभन्दा बढी व्यक्तिहरू संक्रमित भए भने १५ जनाको मृत्यु भएको थियो।
सार्वजनिक स्वास्थ्यलाई सुरक्षित राख्न सामूहिक सतर्कता र सरसफाइमा ध्यान दिनुपर्ने डाक्टरहरू बताउनुहुन्छ ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
