नेपाल हेल्थ न्युज,भोजपुर । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकास्थित घोडेटारमा आयोजित दुई दिने आँखा उपचार शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ। शिविरमा कूल ३०५ जनाले आँखा जाँच गराएका थिए।
नेपाल नेत्र ज्योति संघ अन्तर्गतको हतुवागढी आँखा उपचार केन्द्रको समन्वयमा आयोजित शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाउने समस्याका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको थियो। विराटनगरस्थित रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो शिविरमा स्थानीय बासिन्दालाई आफ्नो क्षेत्रमै उपचार पाउने सुविधा मिलेको छ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार, आर्थिक रूपमा कमजोर वर्गका लागि गाउँमै यस्ता सेवा उपलब्ध हुनु राहतको विषय हो। “विपन्न परिवारलाई सहरसम्म उपचारका लागि जान गाह्रो पर्ने भएकाले गाउँमै यस्तो सुविधा हुनु उपयोगी भएको छ,” उहाँले भन्नुभयो।
शिविर प्रभावकारी भएको उल्लेख गर्दै हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले विशेषज्ञ चिकित्सकहरूको सहभागिता शिविरको मुख्य विशेषता भएको बताउनुभयो । “डाक्टरहरूको सक्रियताले गर्दा धेरैले सहज रूपमा उपचार पाएका छन्,” उहाँले थप्नुभयो, “आर्थिक कारणले आँखाको उपचारबाट बञ्चित हुँदै आएका धेरै नागरिकलाई यस्ता शिविरले जीवनमा उज्यालो ल्याइदिएको छ।”
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३

