नेपाल हेल्थ न्युज, काठमााडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूको सेवा, सुविधा र कार्यसम्बन्धी सुधारका लागि विशेष कार्यदल गठन गर्नुभएको छ।
वैशाख २० गते आवासीय चिकित्सकहरूसँग भएको सहमति अनुसार, उनीहरूको ड्युटी समय, बिदा तथा थप सुविधा सुनिश्चित गर्न सुझावहरू तयार पार्ने उद्देश्यसहित कार्यदल गठन गरिएको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बराकोटीको नेतृत्वमा गठित कार्यदलमा चिकित्सा शिक्षा आयोग, त्रिवि, काठमाडौँ विश्वविद्यालय, निजि मेडिकल कलेज प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका सम्बन्धित शाखाका अधिकारीहरूको सहभागिता रहेको छ।
कार्यदलले हालको अवस्था मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गरेर सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू पेश गर्नुपर्नेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कार्यदललाई १४ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। मन्त्रालयले यस प्रतिवेदनलाई भविष्यमा आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनको आधारको रूपमा लिने अपेक्षा राखेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
