नेपाल हेल्थ न्युज, तनहुँ । दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा औषधी अभावले सेवा प्रवाहमा समस्या देखिएको छ। अस्पतालका अनुसार लगातार बजेट कटौती भएपछि आवश्यक औषधी खरिद गर्न नसकिएको हो, जसका कारण बिरामीहरू औषधी किन्न निजी फार्मेसीमा जान बाध्य भएका छन्।
वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईका अनुसार, अस्पतालमा पञ्चकर्म, स्वेदन, क्षारसूत्र जस्ता परम्परागत उपचार विधिबाट बिरामीहरू सन्तुष्ट हुँदै आएका छन्। एलोप्याथिक उपचारबाट राहत नपाएका धेरै बिरामीहरू आयुर्वेदतर्फ आकर्षित भएका छन्। तर, औषधी अभावका कारण सेवा प्रवाहमा अवरोध आएको उहाँले जानकारी दिनुभयो।
औषधीको बजेट कटौती भएपछि धेरै बिरामीको उपचारमा समस्या भइरहेको छ, डा. नारायण श्रेष्ठ, चिकित्सालय प्रमुख बताउनुहुन्छ। उहाँका अनुसार बिरामीको संख्यामा दोब्बर वृद्धि भएको अवस्थामा पनि बजेट घट्दै गएको छ।
२०७९र८० मा औषधी खरिदका लागि १८ लाख रुपैयाँ छुट्याइएकोमा त्यसपछिका वर्षहरूमा क्रमशः ८ लाख १० हजार र चालु आर्थिक वर्षमा केवल ८ लाख रुपैयाँ मात्र आएको छ।
बिरामी संख्या दोब्बर भएपछि कम्तीमा ३६ लाख रुपैयाँ चाहिन्छ, तर अहिलेको बजेटले त्यो सम्भव छैन, श्रेष्ठले भन्नुभयो।
चिकित्सालयमा दैनिक झन्डै सय जना बिरामी पुग्ने गरेका छन्। पायल्स, ढाड दुखाइ, जन्डिस, दम, ग्यास्ट्रिक, बाथ, हाडजोर्नी तथा प्रसूति सम्बन्धी समस्या लिएर उपचार गराउनेको संख्या बढ्दो छ। सेवा विस्तारको माग बढ्दो रहे पनि बजेट अभावले त्यसमा कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
