नेपाल हेल्थ न्युज, । तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा गाइनोलोजिस्ट तथा सर्जनको अभावले गर्दा शल्यक्रियासम्बन्धी प्रसूति सेवा ठप्प भएको छ। विशेषज्ञ चिकित्सकको अभावले गर्भवती महिलालाई पोखरा, चितवन वा काठमाडौंजस्ता सहरतिर रेफर गर्नुपर्ने अवस्था आएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार करिब साढे दुई महिनादेखि स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रिया गर्नुपर्ने सेवामा असर परेको हो। सामान्य अवस्थामा हुने सुत्केरी सेवा भने सञ्चालनमा रहे पनि गम्भीर अवस्थाका महिलालाई उपचारका लागि अन्यत्र पठाउनु परिरहेको छ।
गाइनोलोजिस्ट डा. कुमार विष्टको भक्तपुरस्थित क्यान्सर अस्पतालमा सरुवा भएपछि यो समस्या उत्पन्न भएको हो। सम्बन्धित निकायमा यसबारे जानकारी गराइसकेका छौं, तर अझैसम्म समाधान भएको छैन, डा. बरालले बताउनुभयो।
उहाँका अनुसार अस्पतालमा दैनिक एकजना गर्भवती महिला शल्यक्रियाका लागि बाहिर रेफर गर्नुपर्ने अवस्था छ। चिकित्सक भर्तीका लागि विज्ञापनसमेत प्रकाशित गरिएको भए तापनि हालसम्म कसैले आवेदन नदिएको जानकारी उहाँले दिनुभयो।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
