नेपाल हेल्थ न्युज, । तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा गाइनोलोजिस्ट तथा सर्जनको अभावले गर्दा शल्यक्रियासम्बन्धी प्रसूति सेवा ठप्प भएको छ। विशेषज्ञ चिकित्सकको अभावले गर्भवती महिलालाई पोखरा, चितवन वा काठमाडौंजस्ता सहरतिर रेफर गर्नुपर्ने अवस्था आएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार करिब साढे दुई महिनादेखि स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रिया गर्नुपर्ने सेवामा असर परेको हो। सामान्य अवस्थामा हुने सुत्केरी सेवा भने सञ्चालनमा रहे पनि गम्भीर अवस्थाका महिलालाई उपचारका लागि अन्यत्र पठाउनु परिरहेको छ।
गाइनोलोजिस्ट डा. कुमार विष्टको भक्तपुरस्थित क्यान्सर अस्पतालमा सरुवा भएपछि यो समस्या उत्पन्न भएको हो। सम्बन्धित निकायमा यसबारे जानकारी गराइसकेका छौं, तर अझैसम्म समाधान भएको छैन, डा. बरालले बताउनुभयो।
उहाँका अनुसार अस्पतालमा दैनिक एकजना गर्भवती महिला शल्यक्रियाका लागि बाहिर रेफर गर्नुपर्ने अवस्था छ। चिकित्सक भर्तीका लागि विज्ञापनसमेत प्रकाशित गरिएको भए तापनि हालसम्म कसैले आवेदन नदिएको जानकारी उहाँले दिनुभयो।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

