नेपाल हेल्थ न्युज, तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा औषधीको अभाव चुलिंदै गएको छ। बजेट कटौतीका कारण आवश्यकता अनुसार औषधी खरिद गर्न नसकिँदा बिरामीहरू औषधी नपाएर रित्तो हात फर्किन बाध्य भएका छन् ।
चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार, स्वास्थ्य सेवा लिने बिरामीको चाप बढ्दो छ । तर औषधिको बजेट भने वर्षेनी घट्दै गएको छ। “एलोप्याथिक उपचारबाट थकित भएका बिरामी आयुर्वेदिक उपचारमा निको भएर फर्किएका छन्। यस्तो अवस्थामा बिरामीको विश्वास बढेको छ तर बजेट नहुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ,” चापागाईंले भन्नुभयो।
बिरामी दोब्बर, बजेट आधा
आयुर्वेद चिकित्सालयका प्रमुख डा। नारायण श्रेष्ठका अनुसार बिरामीको संख्या झण्डै दोब्बर भए पनि औषधी खरिदका लागि प्राप्त बजेट भने पहिलेको आधा मात्रै आएको छ।
“आर्थिक वर्ष २०७९र८० मा औषधीका लागि १८ लाख रूपैयाँ विनियोजन गरिएको थियो। तर २०८०र८१ मा घटेर ८ लाख १० हजारमा सीमित भयो भने चालु वर्ष २०८१र८२ मा झनै घटेर ८ लाख मात्रै पठाइएको छ,” डा। श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिलेको बिरामी चाप हेर्दा वार्षिक कम्तीमा ३६ लाख रुपैयाँको औषधी आवश्यक पर्छ। “तर त्योको एक चौथाइ मात्रै बजेट आउँदा बिरामीलाई सेवा दिन गाह्रो भएको छ,” उहाँले भन्नुभयो।
रोजगारी बढ्दो, सेवा घट्दो
आयुर्वेद चिकित्सालयमा स्वेदन यन्त्र, पञ्चकर्म, क्षारसूत्र जस्ता परम्परागत उपचार विधिबाट पाइल्स, ढाड दुख्ने, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसाजन्य समस्या, आवाज रोकिने, श्वासप्रश्वास, बाथ, प्रसूति सम्बन्धी समस्या लगायतका रोगको सफल उपचार हुँदै आएको छ।
दैनिक औसतमा करिब १०० जना बिरामी आउने गरेका छन्। यस्ता बिरामीहरू आयुर्वेदप्रति विश्वास लिएर आउने भए पनि औषधि नपाउँदा निराश बन्नुपरेको चिकित्सालय प्रशासनले जनाएको छ।
स्थानीय र प्रदेश सरकारको बेवास्ता
आयुर्वेद चिकित्सा प्रणालीप्रति जनताको आकर्षण बढ्दै जाँदा पनि राज्यको बेवास्ता देखिएको छ। चिकित्सालय प्रशासनले बारम्बार माग राख्दा पनि आवश्यक बजेट नपाएको गुनासो छ।
जनस्वास्थ्यका लागि प्रभावकारी र लागत न्यून उपचारका रूपमा स्थापित हुँदै गएको आयुर्वेद सेवामा यथासमय औषधी नहुँदा दीर्घकालीन असर पर्ने देखिएको छ। स्थानीय बासिन्दाले पनि आयुर्वेद सेवाको विस्तार र सुधारमा सरकार गम्भीर नहुनु दुखद भएको प्रतिक्रिया दिएका छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
