नेपाल होल्थ न्युज, काठमाडौं । नियमित खोप अभियानअन्तर्गत आज देशभर पाँच वर्षमुनिका खोप छुटेका बालबालिकालाई खोप सेवा प्रदान गरिँदैछ।
स्वास्थ्य सेवा विभागले अभिभावकहरुलाई अपिल गर्दै खोप छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लिएर आवश्यक खोप लगाउन आग्रह गरेको छ। हाल बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ, जसले खोपको महत्व अझ बढाएको छ।
यसै क्रममा, चितवन जिल्लामा पनि जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरुमार्फत खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ। कार्यालयका प्रतिनिधि राम केसीका अनुसार आज जिल्लाभरिका सातवटै पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा खोप उपलब्ध गराइनेछ।
केसीले राष्ट्रिय खोप तालिकाअनुसार छुटेका खोप दिने व्यवस्था गरिएको जनाउँदै, सबै अभिभावकलाई सेवा लिन आह्वान गरेका छन्।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
