नेपाल होल्थ न्युज, काठमाडौं । नियमित खोप अभियानअन्तर्गत आज देशभर पाँच वर्षमुनिका खोप छुटेका बालबालिकालाई खोप सेवा प्रदान गरिँदैछ।
स्वास्थ्य सेवा विभागले अभिभावकहरुलाई अपिल गर्दै खोप छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लिएर आवश्यक खोप लगाउन आग्रह गरेको छ। हाल बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ, जसले खोपको महत्व अझ बढाएको छ।
यसै क्रममा, चितवन जिल्लामा पनि जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरुमार्फत खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ। कार्यालयका प्रतिनिधि राम केसीका अनुसार आज जिल्लाभरिका सातवटै पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा खोप उपलब्ध गराइनेछ।
केसीले राष्ट्रिय खोप तालिकाअनुसार छुटेका खोप दिने व्यवस्था गरिएको जनाउँदै, सबै अभिभावकलाई सेवा लिन आह्वान गरेका छन्।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
