नेपाल हेल्थ न्युज, काठमाडौं । भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेड बीच औषधि आपूर्ति सम्बन्धी एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतामा अस्पताल र लिमिटेडका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षका लागि आवश्यक औषधिहरूको आपूर्ति सुनिश्चित गर्ने विषयमा समझदारी प्रकट गरेका छन्।
सम्झौतामा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल र नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश कुमरा पनेरुबीच औपचारिक हस्ताक्षर गरिएको हो। यस सम्झौताले आगामी वर्षभरि अस्पताललाई विभिन्न आवश्यक औषधिहरूको आपूर्ति गर्नमा सहुलियत पुर्याउने छ।
सम्झौताअनुसार, नेपाल औषधि लिमिटेडले २०८२ सालको साउन १ गतेदेखि २०८३ सालको असार मसान्तसम्म अस्पताललाई सिटामोल, जीवन जल, फोलिक एसिड जस्ता औषधिहरू उपलब्ध गराउने छ। यसका साथै, अस्पतालका अन्य औषधि आपूर्ति आवश्यकताहरू पनि समयमै पुरा गर्ने सम्झौतामा सहमति भएको छ।
यो सम्झौता अस्पतालको औषधि आपूर्तिमा सुधार ल्याउने र आवश्यक समयमा औषधिहरूको अभाव रोक्न महत्त्वपूर्ण कदम साबित हुनेछ। यससँगै, अस्पतालका उपचार सेवामा पनि प्रभावकारीता थपिने र बिरामीहरूको स्वास्थ्य सेवा सुधार्न मद्दत मिल्ने अपेक्षा गरिएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
