नेपाल हेल्थ न्युज, नेपालगन्ज । बाँके जिल्लामा नवजात शिशु मृत्युदर उच्च रहेको पृष्ठभूमिमा सो दर घटाउने उद्देश्यले स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी विशेष तालिम सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारीअनुसार, जिल्लाका विभिन्न आधारभूत स्वास्थ्य केन्द्र तथा चौकीमा कार्यरत चिकित्सक, नर्स र प्यारामेडिकल कर्मचारीहरूलाई ‘नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन तालिम’ प्रदान गर्न थालिएको हो।
तालिमका सहजीकरणकर्तामध्ये एक रहेका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायका अनुसार, बुधवारदेखि सुरु भएको यो तालिम शिशु मृत्युदर न्यूनिकरणतर्फको महत्वपूर्ण प्रयास हो।
पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिएअनुसार, सहभागी स्वास्थ्यकर्मीलाई नवजात शिशुको प्राथमिक उपचार, पहिचान, स्याहार तथा जटिलताका अवस्था व्यवस्थापनसम्बन्धी सीप र ज्ञान प्रदान गरिनेछ। तालिमको उद्देश्य दीर्घकालीन रूपमा शिशु मृत्युदर घटाउने हो।
छ दिनसम्म सञ्चालन हुने यो तालिममा जिल्लाका २४ जना स्वास्थ्यकर्मी सहभागी छन्। तालिममा भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का, नर्सिङ निरीक्षक सञ्जु रिजाल, तारा आचार्य, र जनस्वास्थ्य निरीक्षक नवीन बुढाक्षेत्रीले सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन्।
तालिमको उद्घाटन स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले गर्नुभएको हो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
