नेपाल हेल्थ न्युज, नवलपरासी । लुम्बिनी प्रदेशमा पहिलो पटक स्थानीय सरकारद्वारा सञ्चालित आयुर्वेद र फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्थापना गरिएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यो केन्द्रले व्यायाम, जल उपचार, विद्युतीय उपकरण तथा आयुर्वेदिक विधिबाट उपचार सेवा दिने लक्ष्य राखेको छ।
नगर प्रमुख विमला अर्यालका अनुसार यो केन्द्रले औषधि सेवन नगरी शारीरिक व्यायाम, जल तथा स्पर्श विधिमा आधारित उपचार प्रदान गर्छ। विशेष गरी ढाड, कम्मर, गर्दन, हाड जोर्नी र स्नायुगत समस्याका साथै प्यारालाइसिसबाट पीडित व्यक्तिहरूका लागि यो सेवा लाभदायी हुने अपेक्षा गरिएको छ।
दीर्घकालीन रोगबाट ग्रस्त तथा एलोपेथिक उपचारले सुधार नआएका बिरामीहरूका लागि पञ्चकर्म विधिमा आधारित आयुर्वेदिक उपचार सुविधा उपलब्ध गराइएको छ। प्रारम्भिक चरणमा एकाङ्ग स्वेदन, सर्वाङ्ग स्वेदन, नस्य, वस्ति, जानु वस्ति, गृवा वस्ति र कटि पिचुजस्ता सेवा प्रदान गरिने बताइएको छ।
यस केन्द्रमार्फत मलद्वारसम्बन्धी समस्या, बाथ, पायल्स, फिस्टुला, ग्यास्ट्रिक र युरिक एसिडजस्ता समस्या भएका बिरामीहरूले निःशुल्क आयुर्वेदिक औषधि पनि पाउने छन्। आयुर्वेद चिकित्सक डा. गोबर्धन चौधरीले स्वस्थ्य व्यक्तिहरूले पनि रोग प्रतिकारक क्षमता बढाउनका लागि आयुर्वेद औषधिको प्रयोग गर्न सक्ने जानकारी दिनुभयो।
एक हप्तासम्मको सेवा शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ। सेवा सञ्चालनका लागि एक जना आयुर्वेद चिकित्सक, एक फिजियोथेरापिस्ट र एक जनाले थेरापी सेवा प्रदान गर्नेछन्।
सुनवल-१ स्थित शहरी स्वास्थ्य केन्द्रमा स्थापना गरिएको यो केन्द्रको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख भगवती यादव र नगर प्रमुख विमला अर्यालले संयुक्त रूपमा गर्नुभयो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
